logo

चार्टर्ड उडानमार्फत काठमाडौंलाई थाइल्याण्डको फुकेटसँग जोड्दै रुप्से होलिडेज

    876   पटक पढिएको


६ पुस/अर्थ र व्यापार – रुप्से होलिडेजले काठमाडौंलाई थाइल्याण्डको पर्यटकीय गन्तव्य फुकेटसँग चार्टर्ड उडानमार्फत जोड्ने भएको छ । विश्वका विभिन्न पर्यटकीय केन्द्रलाई नेपालसँग चार्टर्ड उडान मार्फत जोड्ने रणनीति लिएको रुप्सेले काठमाडौंलाई फुकेटसँग जोड्न अग्रसरता देखाएको हो।
यो नेपाली पर्यटनको इतिहासमै पहिलो पटक हुन गइरहेको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए । काठमाडौंबाट ननस्टप उडान भरेर फुकेट अवतरण गर्ने उनले बताए ।
‘यहाँबाट नेपाली पर्यटकलाई सोझै फुकेट पु¥याउँछौं अनि फुकेटबाट विभिन्न देशका पर्यटकलाई काठमाडौं ल्याउने छौं। थाइल्याण्डको समुद्री तटमा रमाइरहेका पर्यटकलाई सोझै हिमाली देश नेपालमा ल्याइनेछ।’ उनले भने ।
एसियाको पर्यटकीय केन्द्रको रुपमा रहेको फुकेटमा बर्सेनि करोडौं पर्यटक आउने गरेको भन्दै उनले त्यसको एक प्रतिशत भन्दा कम पर्यटकलाई मात्र पनि नेपाल ल्याउन सके ठूलो उपलब्धि हुने बताए।
रुप्से होलिडेजले पर्यटकलाई सोझो र सुविधाजनक उडानका साथमा सस्तो भाडादर प्रदान गर्ने बताएको छ । ३५ हजार रुपैयाँ एकतर्फी भाडादर तोकेर गरिने सो उडानमा हिमालय एयरलाइन्सको एयरबस ए ३२० प्रयोग गरिने सो कम्पनीले जनाएको छ ।
सन् २०२४ को जनवरी २१ मा गरिने यो पहिलो उडानबाट काठमाडौंलाई विश्वकै सर्वाधिक रुचाइएको पर्यटकीय गन्तव्य फुकेटसँग ३ घण्टा १० मिनेटको उडानमार्फत जोडिने रुप्से होलिडेजले जनाएको छ ।
रुप्से होलिडेजले यसअघि भियतनाम र काठमाडौंबीच सफलता पूर्वक ३ चार्टर्ड उडान गरिसकेको छ । रुप्सेले ३ उडान मार्फत भियतनामी पर्यटकलाई नेपाल समेत ल्याएको थियो। रुप्सेले विश्वका विभिन्न पर्यटकीय केन्द्रलाई नेपालसँग चार्टर्ड उडानमार्फत जोड्ने रणनीति लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।