logo

सिमरा विमानस्थलमा हवाई इन्धन स्टेसन सञ्चालनमा, अब विमानले काठमाडौंबाट लैजान नपर्ने

    993   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – नेपाल आयल निगमले सिमरा विमानस्थलमा हवाई इन्धन स्टेसन सञ्चालनमा ल्याएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक समारोहबीच हवाई इन्धन स्टेसन उद्घाटन गरि सञ्चालनमा ल्याएका हुन ।
कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेपाल नागरिक उ्डयन प्राधिकरणका उप महानिर्देशक प्रेमनाथ ठाकुर लगायतको सहभागिता रहेको थियो।
अबदेखि सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ गर्ने काम हुनेछ। यसअघि सिमरामा हवाई इन्धन भर्ने सुविधा नहुँदा विमानले काठमाडौंबाट नै इन्धन भरेर जानु पर्ने बाध्यता थियो। अब सो बाध्यता हटेको छ ।
सिमरा विमानस्थलमा आन्तरिक सेवाका वायुसेवा कम्पनीहरु बुद्ध र यतीएयरले दैनिक करिब १० वटा उडान÷अवतरण गर्दै आएका छन् । हवाई इन्धन स्टेसन सञ्चालनले सिमरामा अब आपतकालीन उडान र अवतरणमा समेत निकै सहजता हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका उपमहानिर्देशक ठाकुरले सिमरामा इन्धन स्टेसन सञ्चालनले काठमाडौंमा मौसम खराब वा हवाई चाप हुँदा भैरहवा र विराटनगर मार्ग परिवर्तन गर्नुपर्ने अवस्था अन्त्य भएको बताए।
यस विमानस्थलमा दैनिक ४ हजार लिटर हवाई इन्धन खपत हुने निगमको विश्वास छ। हवाई इन्धन स्टेसनका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका २ वटा रिफ्युलर तथा ९ किलोलिटरको ‘डिस्पेन्सर’ को व्यवस्था गरेको प्राधिकरणले जनाएको छ।
सिमरा विमानस्थलमा इन्धन भण्डारण ट्यांकको भने व्यवस्था छैन। सोही कारण जनकपुरमा रहेको डिपोबाट हवाई इन्धन ल्याइने प्राधिकरणले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।