logo

विमान मर्मतमा ढिलाइले निगमको उडान तालिका चौपट, ६ वटा उडान रद्द गर्नुपर्दा एक सातामै गुम्यो ७ करोड

    830   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमको ग्राउन्डेड ९ एन–एकेएक्स कलसाइनको न्यारोबडी विमान मर्मतमा भएको ढिलाइले अहिले निगमको उडान तालिका व्यवस्थापन नै चौपट भएको छ ।
सो विमानको इन्जिन जडानका क्रममा थप बिग्रिएपछि निगमको पूर्व निर्धारित अन्य नियमित उडान तालिका नै विग्रिएर चौपट बन्न पुगेको हो ।
इन्जिन जडान गरी सो विमान शुक्रबार आइसक्ने व्यवस्थापनको जानकारीका आधारमा निगमको व्यापार विभागले शनिबारदेखि नै उडानको तालिका बनाएको थियो । उसले न्यारोबडी विमानका लागि यो साता ६ वटा उडान तय गरेको थियो ।
तर, एक साताअघि इन्जिन जडानका लागि इजरायल पठाइएको विमान थप बिग्रिएको छ। जसका कारण इन्जिन जडान हुन सकेको छैन । इन्जिन जडानका लागि मर्मत गर्नुपर्नेछ।

तर, मर्मतका लागि कति समय लाग्छ भनेर इजरायल एरोस्पेस इण्डस्ट्रीले भनेको छैन। जसका कारण यो साताका लागि तय उडान रद्द गरिएका छन्। ६ वटा उडान रद्द गरिंदा निगमले ७ करोड रुपैयाँ आम्दानी गुमाउनुपरेको छ ।
‘हामीलाई विमान शुक्रबार नै काठमाडौं आइपुग्ने जानकारी दिइएको थियो । त्यहीअनुसार त्यो विमानका लागि हामीले विभिन्न गन्तव्यमा उडान तालिका बनायौं । तर, भनेभन्दा ५ दिन बितिसक्दा पनि विमान कहिले आउँछ भन्ने टुंगो छैन। जसका कारण उडान रद्द गर्नुप¥यो। यसबाट एक सातामै ७ करोड रुपैयाँ आम्दानी गुमाउनुपर्ने स्थिति आयो’ निगमका एक उच्च अधिकारीले भने।
इन्जिनमा आएको समस्याले तीन महिनादेखि सो विमान ग्राउण्डेड छ । यो अवधिमा निगमले एक अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गुमाइसकेको छ । निगमले मर्मतको ठेक्का दिइसकेको अवस्थामा अन्तिममा आएर इन्जिन भाडामा लिने निर्णय गरेको थियो । सो विमान मर्मतको ठेक्का दिइएको र भाडाको इन्जिनका लागि सम्झौता गरिएको कम्पनी एउटै हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।