logo

प्राधिकरणका कर्मचारीलाई पर्यटनमन्त्री किरांतीले भने : इयूको सुरक्षा सूचीबाट हट्नेगरी काम गरौं

    1003   पटक पढिएको

३० साउन/अर्थ र व्यापार– नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित नयाँ भवनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरांतीले मुलुकलाई तत्काल यूरोपीयन युनियनको सुरक्षा सूचीबाट हट्ने गरि काम गर्न निर्देशन दिएका छन्।

प्राधिकरणको भवन अवलोकन गर्दै उनले कर्मचारीहरुलाई दत्तचित्त भएर काम गर्न भनेका हुन्। ‘इयुको सुरक्षा सूचीबाट मुलुकलाई हटाउनका लागि आफ्नोतर्फबाट दत्तचित्त भएर काम गर्नुहोस्। यसलाई आफ्नो जीवनकालमै उत्कृष्ट कामको रुपमा लिनुहोस्’ उनले भने।
नेपालको हवाई सुरक्षा अध्ययनका लागि युरोपेली युनियनका प्रतिनिधि आगामी नोभेम्बरमा नेपाल आउन लागेको सन्दर्भलाई जोड्दै मन्त्री किरातीले कर्मचारीहरुले उत्कृष्ट काम गरी इयूको सुरक्षा सूचीबाट नेपाललाई हटाउनका लागि भूमिका निर्वाह गर्न भनेका हुन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार इयूका प्रतिनिधि आउँदो नोभेम्बरमा स्थलगत अध्ययन अवलोकनका लागि आउँदैछन्। ‘प्राधिकरणका उपमहानिर्देशक नवीना कर्माचार्यको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको छ । जसकालागि विभिन्न सात क्षेत्रबारे अध्ययन सुरु भइसकेको छ’ उनले भने।
सन् २०१० र २०१२ का बीच नेपालमा भएका पाँचवटा हवाई दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएका थिए । सोही दुर्घटनाका आधारमा युरोपेली युनियनले नेपाललाई हवाई सुरक्षा कालो सूचीमा राख्दै आएको छ ।
करिब एक वर्षअघि युरोपेली युनियनले हवाई सुरक्षा सूचीबाट हट्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन गर्न अनिवार्य नरहेको जनाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।