logo

हिमालय एयरलाइन्सले बाल गृहलाई सहयोग गर्यो, करिब चार लाख हस्तान्तरण

    979   पटक पढिएको

१९ साउन/अर्थ र व्यापार – निजी अन्तर्राष्ट्रिय वायुसेवा सेवा कम्पनी हिमालय एयरलाइन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ ।
कम्पनीले ‘शिक्षातर्फ पाइला’ अभियानअन्तर्गत यो बालगृहलाई तीनलाख ९६ हजार रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ। बिहीबार आयोजित एक कार्यक्रममार्फत कम्पनीका अध्यक्ष झो इन्योङ्गले बालगृहकी अध्यक्ष उषा कार्कीलाई यो रकम हस्तान्तरण गरेका हुन्।

यो रकम बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि खर्चिने जनाइएको छ । यस बाहेक कम्पनीले बालगृहमा बस्दै आएका बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोपलगायत खेलकुदका सामाग्री सहयोग गरेको जनाइएको छ ।

सुन्दरीजलमा रहेको यो बाल आश्रमले हाल १३ बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ । ‘बालगृहलाई गरिएको सहयोगमार्फत बालबालिकाका लागि राम्रो जीवन र बसाईको व्यवस्था गर्न चाहन्छौं।’ हिमालयका अध्यक्ष इनयोङ्गले भने,’ उनीहरूको भविष्य सुन्दर बनोस् भन्ने कामना गर्दछु।’

बालगृहकी अध्यक्ष उषा कार्कीले यो सहयोगमार्फत खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग थप विशेष रहेको बताइन्।
नेपाल–चीनबीचको संयुक्त साझेदारीमा रहेको हिमालय एयरलाइन्सले हाल ४ वटा जहाजमार्फत संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश, चीनलगयात विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।