logo

भ्याटले हवाई भाडा थप महंगिने भएकाले सरकारको ध्यानाकषण भएको छ: पर्यटनमन्त्री

    1287   पटक पढिएको


२९जेठ/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले व्यवसायीले माग गरेअनुसार हवाई टिकट काट्दा थप १३ प्रतिशत मुल्यअभिबृद्धिकर (भ्याट) लगाउँदा नेपालको हवाइ भाडा थप महंगो हुने भएकाले यस विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।

पर्वतारोहण संचालक संघ नेपालद्धारा राजधानीमा आयोजित यसपालीको बसन्त ऋतुमा सगरमाथा तथा ल्होत्से हिमाल आरोहणमा बाटो खोल्ने तथा डोरी टाङ्ने टोलिलाई सम्मान कार्यक्रममा मन्त्री किराँतीले यस्तो बताएका हुन ।
उनले यसअघि सम्बन्धीत सरोकारवालाहरु एवं पर्यटन व्यवसायीले गर्दै आएको माग बमोजिम सरकारले यस विषयलाई निकै गम्भिर रुपमा लिएको बताए । सायद छिटै पर्यटन तथा हवाई टिकटमा सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत लगाईएको १३ प्रतिशत भ्याट फिर्ता हुने उनले आश्वासन दिए ।

यसैगरि, मन्त्री किराँतीले हिमाल आरोहीले नेपालको पर्यटन क्षेत्रमा खेलेको भूमिका एकदमै महत्वपूर्ण भएकाले हिमाल आरोहणमा सहयोग गर्ने आरोही तथा उनीहरुका सहयोगीहरुलाई यस संघले गरेको सम्मान पनि एकदमै महत्वपूर्ण भएको बताए । उनले हिमाल सरसफाईमा पनि थप ध्यान दिन सम्बन्धीत सरोकारवालाहरुलाई आग्रह गरेका थिए ।
पर्वतारोहण संचालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले यस कार्यक्रमको बारेमा जानकारि गराएका थिए ।

यसैगरि, पर्वतारोहण संचालक संघ नेपालका कोषाध्यक्ष ऋषि भण्डारीले यस संस्थाले अहिलेसम्म गरेका विविध गतिविधीहरुका बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रममा संघले बाटो खोल्ने क्रममा ज्यान गुमाउने आरोहीको परिवार तथा आफन्तलाई आर्थिक सहयोग पनि प्रदान गरेको थियो ।
सो कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनीधीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।