logo

बजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न नाट्टाको माग

    1527   पटक पढिएको

१८ जेठ/अर्थ र व्यापार – नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजनिक गरेको बजेट मार्फत हवाई टिकटमा लगाइएको मुल्यअभिबृद्धिकर (भ्याट) फिर्ता गर्न माग गरेको छ ।
यसैगरि, नाट्टाले वैदेशिक भ्रमणको प्याकेज विक्री गर्दा ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने व्यवस्था गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाले बिहीबार विज्ञप्ती जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन । गत १५ जेठमा सरकारले सार्वजनिक गरेको बजेटमा विदेश भ्रमण गर्दा लाग्ने शुल्क र हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेका छन् ।
‘विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ, नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने देखिन्छ’ अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन ।

सोही विज्ञप्ति मार्फत नाट्टाले कोरोना महामारीपछि विस्तारै तंग्रिदै गरेको नेपालको पर्यटन व्यवसायमा साविककै आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर महंगो भईरहेको अवस्थामा अहिले यसरी भ्याट थप्दा भाडादर झनै महंगो पर्ने र यात्रुले खरीद गर्न नसक्ने अवस्था देखिएको जनाएको छ ।
बजेट मार्फत सरकारले गरेको यस्तो कार्यले देसको पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वयबिना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने नाट्टाले जनाएको छ ।

यसैगरि, नाट्टाले बजेट मार्फत सरकारले सुविधा सम्पन्न तथा तारे होटलमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गर्नु पनि गलत भएको बताएको छ । त्यसैगरि, नाट्टाले सन् २०२३ देखि २०३२ लाई पर्यटन भ्रमण दशकका रुपमा मनाउने निर्णय बजेटमार्फत गरिनु सकारात्मक पक्ष भएको जनाएको छ ।
निजगढ विमानस्थल निर्माण गर्ने, अन्य विमानस्थलको स्तरोन्नती गर्ने, सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने, नयाँ गन्तव्यस्थलको पहिचान र पूर्वाधार विकास गरिनु सकारात्मक भएको नाट्टाले जनाएको छ ।

गत आर्थिक वर्षको तुलानामा आव २०८०/८१ का लागि पर्यटन क्षेत्रमा दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढी बजेट थप गरिनु नेपालको समग्र पर्यटन उद्योगीका लागि खुसीको विषय भएको नाट्टाले आफ्नो धारणामा भनेको छ ।
सरकारले अहिले पनि विभिन्न शिर्षकहरु राखि हवाई टिकटमा कर उठाईरहेको सर्वविदितै छ । यसका साथै नयाँ बजेट मार्फत लागु गर्न खोजिएको आउटबोन टुरको ५ प्रतिशत तथा हवाई टिकटमा लगाइने भनिएको १३ प्रतिशत भ्याट के कसरि र कुन आधारमा लिइने हो ? त्यसको स्पष्ट व्ययस्था समेत नभकाले यो नियम कार्यान्वयनको पक्ष एकदमै जटिल रहेको भन्दै नाट्टाले अहिले ल्याईएको भ्याट र करसम्बन्धी व्यवस्थालाई कार्यान्वयन नगर्न र हालकै व्यवस्थालाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।