logo

फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको पुष्टि भएकोछैन: प्राधिकरण

    889   पटक पढिएको

१२ वैशाख/अर्थ र व्यापार – नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको भन्नेबारे कुनै प्रमाण पुष्टि हुन नसकेको जनाएको छ ।
विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ । यसअघि फ्लाइ दुबईले विमानमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो ।
प्राधिरकणले मंगलबार विमानमा चरा ठोकिएकोबारे कुनै पुष्टि हुन नसकेको बताएको छ । प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले सोमबार मरेको चरा विमानस्थल, धावनमार्ग र यसको आसपास नभेटिएको बताए । एउटा भँगेरो मृत भेटिएको थियो त्यो भँगेरा पनि केही दिन अगाडि नै मरेर सुकिसकेको अवस्थामा फेला परेको बताउँदै सिटौलाले भने , ‘यो हिजोको घटनाका कारण मरेको होइन।’
प्राधिकरणका अनुसार सोमबार एफजेड ५७६ फलाई दुबईको विमानका पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराएका थिए । त्यसपछि प्राधिकरणले सो विमानलाई आपतकालिन अवतरण गराउनकालागि आवस्यक सबै आपतकालीन प्रावधानहरुको प्रबन्ध गरेको थियो ।
पाइलटले सो विमानलाई काठमाडौं अवतरण गराउन चाहेको अवस्थामा त्यसको तयारी गरिएको थियो । तर, पाइलटले उडान गन्तव्यतर्फ नै जारी राख्ने निर्णय लिएका थिए ।
यसबारे कम्पनीले प्राधिकरणलाई अब आफ्नोतर्फबाट रिर्पोटिङ गर्नेछ । त्यसपछि मात्र सो विमानमा के भएको थियो भन्नेबारे सत्य खुल्ने प्राधिकरणले जनाएको छ ।
सोमबार राति सवा ९ बजे दुबईकालागि काठमाडौबाट उडेको केही समयमा नै सो विमानमा प्राविविध गडबढी भएको थियो ।
त्यसपछि केही समय विमानस्थल लगायत सो विमानमा देखिएको प्राविविधक समस्याको हल्लाले त्यो विमानमा सवार यात्रुका आफन्त लगायत धेरैलाई चिन्तित बनाएको थियो । तर, सो विमान सकुसल आफ्नो गन्तव्यस्थलमा पुगेर अवतरण भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।