logo

सगरमाथा आधार शिविरमा ६/७ वर्षका बालबालिका देखि ८० वर्षिय बृद्धबृद्धासम्म, नेपालको पदयात्रा र पर्वतिय भ्रमणमा नयाँ आयाम थपियो: सिम्खडा

    1132   पटक पढिएको

३० चैत/अर्थ र व्यापार – नेपाल भित्रिने पर्यटक आगमन संख्या बृद्धि भएसँगै अहिले विश्वको सर्बोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा ६/७ वर्षका बालबालिका देखि ७० वर्षिय बृद्धबृद्धाहरु समेत रमाउन थालेका छन ।
बेलायतबाट १६ जनाको पारिवारिक भ्रभणमा आएका ६/७ वर्षका बालबालिकादेखि ८० वर्षको बृद्धबृद्धा सहितको टोलिलाई अर्थवाउण्ड एक्पीडिसन प्रालिले सगरमाथा आधार शिविर क्षेत्रमा पुराएको हो ।
आफ्ना घरपरिवारका सदस्य जम्मा भएर नेपालको नयाँ वर्ष २०८० को अवसरका अहिले संसारको छानो सगरमाथा हिमाल आधार शिविर क्षेत्रमा पुगेका कुल १६ जना पारिवारिक भ्रमणदलका बेलायती सदस्यहरु मध्ये ८/९ जना बालबालिका रहेका छन । यो भ्रमणदलका सदस्यहरुमा एकदुईजना ८० वर्षिय बृद्धबृद्धाहरु समेत रहेका छन ।

अर्थवाउण्ड एक्पीडिसन प्रालिका प्रवन्ध निर्देशक राजन सिम्खडाले बुधबार आफ्नो कम्पनीका निर्देशक बद्रि गजुरेलको संयोजकत्वमा बेलायतबाट नेपाल आएका बालबालिकादेखि बृद्धबृद्धाहरुको यस पारिवारिक भ्रमण टोली सगरमाथा आधार शिविरमा पुगेको जानकारि दिए । उनले बालबालिका र बृद्धबृद्धा सहितको यस बेलायती पारिवारिक टोली सगरमाथा आधार सिविरमा पुगेसँगै नेपालको पदयात्रा तथा पर्वतिय भ्रमणकालागि नयाँ आयाम थपिएको बताए । अर्थवाउण्ड एक्पीडिसनका निर्देशक गजुरेल म्याराथुन धावक पनि हुन । 

‘मलाई जानकारी भएसम्म सायद यो बालबालिका र बृद्धबृद्धा सहितको भ्रमण टोली नै पहिलोपटक सगरमाथा आधार शिविर क्षेत्रमा पुगेको हुनसक्छ’ सिम्खडाले भने । आफुले यसअघि यतिसाना बालबालिका र ८० वर्षिय बृद्धबृद्धा सहभागी पारिवारिक पदयात्रा भ्रमण सगरमाथा आधार शिविरमा भएकोबारे जानकारि नपाएको बताउँदै उनले भने, ‘ कोरोना विश्वमहामारिले थलिएर विस्तारै चलायमान हुँदै गरेको नेपालको पर्यटन क्षेत्रकालागि यो भ्रमण निकै उपलब्धीमुलक र फलदायी हुने छ ।’

उनले सगरमाथा आधार शिविर क्षेत्रमा पुगेर रमाउँदै गरेको यस बेलायती पारिवारिक भ्रमणले अन्तर्राष्ट्रिय जगतमा अहिले नेपालको पदयात्रा भ्रमण निकै सुरक्षित र आनन्ददायी रहेछ भन्ने सन्देस प्रभाव हुने अपेक्षा गरिएको बताए । यसरी बालबालिका र बृद्धबृद्धा सहितको पारिवारिक भ्रमणमा विदेशी आउन थाल्नु नेपालको पर्यटन क्षेत्रकालागि निकै राम्रो भएको र आगामी दिनमा पनि पारिवारिक भ्रमण र सुरक्षित गन्तव्यका रुपमा विकसित हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।