logo

एक महिनामै भित्रिए एकलाख पर्यटक, कोभिडयताकै सबैभन्दा उच्च

    860   पटक पढिएको



१९ चैत/अर्थ र व्यापार – एक महिनाको अवधिमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२३ मा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
एक महिनामा भित्रिएको यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार मार्चमा भएको यो आगमन सन् २०१९ को तुलनामा ७८ प्रतिशत ‘रिभाइभ’ हो ।
सन् २०१९ मा मार्च महिनामा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए । यो वर्ष कोभिड–१९ सुरु भएको थिएन । भारतीय र अमेरिकी तथा युरोपबाट आगमनमा सुधार हुँदा समग्र पर्यटनमा सकारात्मक संकेत देखिएको उनले बताए । यससँगै सन् २०२३ को तीन महिनाको अवधिमा २ लाख २७ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् ।
जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
मार्चमा यो संख्या उल्लेख्य बढेको छ । नेपालमा अब पर्वतारोहणको मौसम सुरु हुँदैछ । यससँगै अप्रिल महिनामा आगमन अझ बढ्ने गर्छ ।

पाँच वर्षको तुलना गर्दा मार्च महिनामा सन् २०१९ ः १,२७,३५१,सन् २०२० ः ४२,७७६,सन् २०२१ ः १५,२५४, सन् २०२२ ः ४२,००६, सन् २०२३ ः ९९,४२६ पर्यटक नेपाल भित्रिएका छन ।
सबैभन्दा धेरै भारतीय, दोस्रोमा अमरिका यो महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । दोस्रो स्थानमा अमेरिकी पर्यटक छन् । तेस्रो स्थानमा भने बेलायती देखिएका छन् । यसबाहेक युरोपबाट अन्य मुलुकका पर्यटकको आगमन समेत सकारात्मक देखिएको छ ।
चिनियाँ पर्यटक समेत बढ्ने क्रममा रहेका छन् । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएकोमा मार्चमा २ हजार ६३५ जना चिनियाँ नेपाल आएको तथ्यांक छ । दक्षिण कोरियाबाट २ हजार ६३९ जना नेपाल आएका छन् । बंगलादेशबाट २ हजार ४६६ जना पर्यटक नेपाल आएका छन् ।
भारतबाट २५,९११, अमेरिकाबाट ९,५५७, बेलायतबाट ६,१३३, जर्मनीबाट ४,१४९, श्रीलंकाबाट ३,८९८ जना पर्यटक नेपाल भित्रिएका छन ।
यसैगरि, थाइल्याण्डबाट ३,८२९ जना, फ्रान्सबाट ३,००९जना, कोरियाबाट २,६३९जना र चीनबाट २,६३५ जना पर्यटक नेपाल भित्रिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।