logo

नाट्टा सचिवालयमा लगाईएको ताला खुलाईयो

    1063   पटक पढिएको


१ चैत/अर्थ र व्यापार – नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) सचिवालयमा गत शुक्रबारदेखि लगाईएको ताला खुलाईएको छ ।
नाट्टा नेपालको पर्यटन प्रवद्धन र पर्यटन व्यवसायीहरुको हित संरक्षण गर्न स्थापित अग्रणी संस्था रहेको सबैलाई जानकारि नै छ । नाट्टा सचिवालयमा तालाबन्दि पछि नाट्टा कार्यसमिति र संयुक्त पर्यटन ट्रेड युनियन फोरमका प्रतिनिधिहरुबीच चारपटक वार्ता सम्पन्न भएपनि कुनै ठोस निष्कर्ष निस्कन नसकेको अवस्थामा वार्ता चलिरहने तर, समस्या समाधानमा तत्परता नदेखाउने क्रमजारी रहँदा नाट्टाको क्यालेन्डर अनुसारका महत्वपूर्ण पर्यटन प्रवद्धनात्मक कार्यहरु स्थगित हुन पुगेको भन्दै नाट्टाले ताला खुलाएको हो ।
कोभिड १९ पछि भर्खरै सुचारु हुनलागेको पर्यटन व्यवसायमा यस प्रकारका घटनाबाट स्वदेश तथा विदेशमा नकारात्मक सन्देश गई नेपालको पर्यटन विकासमा समेत दिर्घकालीन क्षति पुग्ने अवस्था सिर्जना भएकोले नाट्टा कार्यसमितिको निर्णय बमोजिम स्थानिय निकायका प्रतिनिधि, प्रहरी प्रशासन र संचारकर्मीहरुको रोहवरमा नाट्टा कार्यालयमा लगाइएको ताला खोलेर प्रशासनिक कार्यलाई सुचारु गरिएको नाट्टाले जनाएको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाको हस्ताक्षरमा जारि प्रेस विज्ञप्तिमा विगत केही समय देखि संयुक्त पर्यटन ट्रेड युनियन फोरमका नाममा विविध मागहरु राखेकोमा नाट्टाले आपूmसंग सम्बन्धित मागहरु पुरा गर्न सम्बन्धित सबै पक्षसंग छलफल गरि समस्या समाधान गर्न प्रयासरत गर्दागर्दै आपूmसंग असम्बन्धित मागहरुका सम्बन्धमा गत २५ फागुनमा नाट्टा सचिवालयमा वार्ता चलिरहेको अवस्थामा फोरमका प्रतिनिधिहरु अकस्मात वार्ता छाडी तालावन्दी गरिएकोप्रति दुःख लागेको उल्लेख छ ।
पर्यटन व्यवसायमा भएका यस्तो गतिविधीबाट स्वदेश तथा विदेशमा नकारात्मक सन्देश गई नेपालको पर्यटन विकासमा समेत दिर्घकालीन क्षति पुग्ने अवस्था सिर्जना भएकोले नाट्टा कार्यसमितिको निर्णय बमोजिम स्थानिय निकायका प्रतिनिधि र प्रहरी प्रशासनको रोहवरमा ताला खोलिएको नाट्टाले जनाएको छ ।
यस्ता समस्याको समाधान वार्ता र छलफलबाटमात्र सम्भव हुने कुरा पुन स्पष्ट पार्दै संयुक्त पर्यटन ट्रेड युनियन सम्बद्ध प्रतिनिधिहरु लगायत सरोकारवालाहरुलाई सौहाद्रपूर्ण वातावरणमा समस्या समाधान गर्न नाट्टा सधै तत्पर रहेको नाट्टाले जनाएको छ ।
यसैगरि, नाट्टाले सोहि विज्ञप्ति मार्फत विगत केहीदिनदेखि नाट्टा सचिवालयको काम अवरुद्ध हुंदा नाट्टाका सदस्य, सेवाग्राही तथा सर्वसाधारणलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दछौं भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।