logo

उडेको २० मिनेटमै एउटा इन्जिन फेल भएपछि श्रीएयरलाइन्सको विमान ‘इमर्जेन्सी ल्यान्डिङ, सबै यात्रु सकुशल

    1243   पटक पढिएको


२५ फागुन/अर्थ र व्यापार – काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि इमर्जेन्सी ‘फोर्स ल्यान्डिङ’ गरिएको छ । साढे ७ बजे उड्नुपर्ने विमान ९ बजेर ३८ मिनेटमा भैरहवा उडेको थियो । उडेको २० मिनेटमा एउटा इन्जिन फेल भएको थियो। इन्जिन फेल भएको जानकारी चालक दलले यात्रुहरुलाई समेत गराएका थिए ।
सो विमानमा यात्रा गरिरहेकामध्ये शुभलक्ष्मी सिमेन्टका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले इन्जिन फेल भएको जानकारी गराएपछि यात्रुबीच हल्लीखल्ली भएको बताउँदै रुवाबासी भएको बताए । उनका अनुसार उडेको केही समयमै विमानको दाहिने तिरको पखेटा चल्न छाडेको थियो।
विमान धादिङको थाक्रे नजिक पुगेपछि एउटा इन्जिन फेल भएको अनाउन्समेन्ट भएसँगै यात्रुहरुमा रुवाबासी चलेको बताउँदै उनले भने, ‘झण्डै २० मिनेट आकाशमा होल्ड गरेर इमर्जेन्सी ल्यान्डिङ गरियो।’
यात्रु खड्काका अनुसार विमानमा सवार सबै जना सकुशल छन्। हवाई सुरक्षा विभागले जहाजमा के भएको रहेछ भनेर प्राविधिक अनुसन्धान भएको थियोृ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार जहाज उडेलगत्तै दाहिने पट्टिको इन्जिनमा आगो लागेको थियो । यो घटनाका कारण विमानस्थलको नियमित उडान–अवतरण भने प्रभावित भएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।