logo

वित्तीय संकटमा गुण एयर, प्राधिकरणले फाइनान्सियल अडिट गर्ने

    879   पटक पढिएको


१२ फागुन/अर्थ र व्यापार – वित्तीय संकटमा परेको भन्दै ग्राउण्डेड गरिएको गुण एयरको फाइनान्सियल अडिट हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले गुण एयरको वित्तीय अवस्थाको बारेमा जानकारी लिन फाइनान्सियल अडिट गर्न लागेको हो ।
गुणको वित्तीय अवस्थाको बारेमा अध्ययन गरेपछि मात्र नियमित उडानको विषयमा थप निर्णय हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
गत १ फागुनदेखि नै गुणले सम्पूर्ण उडान बन्द गरेको थियो । उडान बन्द गरेसँगै प्राधिकरणमाँ गुणका कर्मचारीहरुले गुनासो गरेका थिए । उनीहरुको गुनासो आउनासाथ फाइनान्सियल अडिटको तयारी भएको बताउँदै निरौलाले भने, ‘उडान सुरक्षालाई ध्यानमा राख्दै हामीले अडिटभन्दा अघि ग्राउण्डेड गर्यो, आज वा भोलिसम्म हाम्रो टोली अडिटमा गैसक्छ ।’
उनले गुणले बिग्रिएको आर्थिक अवस्था सुधार गर्ने, कर्मचारीको रोकिएको सेवासुविधा नियमित दिने, जहाज मर्मत सम्भार तथा प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम भुक्तानी गर्ने आधार पेश गरेपछि उडान सुचारुको विषयमा थप अध्ययन हुने बताए ।

अडिट टोलिले वित्तीय अवस्था, कर्मचारीको मानसिकता, तलब सुविधालगायतका विषयमा केन्द्रीत हुने जनाएको छ । ‘गत वर्षबाट गुण एयरको नामबाट उडान सुरु गर्दा नै हामीले वित्तीय अवस्थाको विषयमा एनलाइसीस गरेका थियौँ, यति छिटो अवस्था बिग्रन्छ भन्ने हामीले अनुमान समेत गर्न सकेनौं’, प्राधिकरणको वित्त विभाग (फाइनान्स डिपार्टमेन्ट) स्रोतले भन्यो, गुणले आर्थिक अवस्था सुधार गर्ने आधार पेश नगर्दासम्म उडान नियमित हुन सक्दैन ।’
२०७८ को असोज १ गतेबाट रियलस्टेट व्यवसायी राजेन्द्र शाक्यले सिम्रिक एयरको नाम फेरेर गुण बनाएका थिए । गुण एयरले क्यानलाई साढे ४ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । क्यानको वित्त विभागका अनुसार गुणले गत वर्षको माघदेखि विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने रकम भुक्तानी नगरेको हो ।

एयरलाइन्सले कम्पनीले विमानस्थल कार्यालयलाई विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ । उक्त शिर्षक अन्तरगत गुणले ४ करोड ४४ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
गुणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा २ करोड ८७ लाख, विराटनगरमा १९ लाख, नेपालगन्ञ विमानस्थल कार्यालयमा ५ लाख ६९ हजार रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको छ । कर्मचारीलाई तलब समेत दिन नसकेको भन्दै क्यानले फागुन ८ गतेदेखि अनिश्चीत कालका लागि गुणको उडान बन्द गरेको छ ।
लामो समयदेखि कर्मचारीहरुलाई समेत सेवा सुविधा (तलब) दिन नसकेको गुनासोपछि क्यानले सुरुवाती चरणमा उडान बन्द गरिएको जनाएको छ । नियमित रुपमा सेवासुविधा नपाउँदा हवाई सुरक्षामा असर पर्ने देखेर उडान बन्द गरिएको क्यानका प्रवक्ता नरौला बताउँछन् । फागुन १ गतेदेखि गुणले उडान रोकेको थियो ।
२०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । गुण एयरले काठमाडौं–पोखरा, भरतपुर, भैरहवा, सिमरामा दैनिक उडान गर्दै आएको छ ।गुणसँग यती एयरसँग किनेको पाँचवटा जेट स्ट्रीम र पुरानो श्रीम्रिक एयरलाइन्ससँग रहेको दुईवटा १८ सिट क्षमताको जहाज गरी सातवटा जहाज छन् ।
बाहिर आएको हल्लाजस्तो वित्तीय अवस्था खराब नभएको गुणले जनाएको छ । क्यानले कर्मचारीलाई तलब समेत दिन नसकेको भन्दै ग्राउण्डेड गर्दा गुणले भने बाहिर आएका कुरामा सत्यता नभएको दाबी गरेको छ ।
गुण एयरका प्रवक्ता तथा मार्केटीङ प्रमुख प्रज्वल थापाले नियमित रुपमा सबै कर्मचारीहरुलाई तलब दिईएको बताए । उनले जहाज मर्मत तथा पाइटलको तालिम एकैपटक हुँदा उडान रोकिएको दाबी गरे ।
‘हामीले सोमबारदेखि जहाज मर्मत सकेर नियमित रुपमा उडान सुचारु गर्ने तयारीमा थियौँ, तर क्यानले तलब नदिएको भन्दै उडान रोक्यो,’ उनले भने, ‘क्यानको अडिट टोलीले अडिट गरेपछि हामी नियमित रुपमा उडान सुरु गछौँ ।’ ‘एक साताभन्दा बढी समयदेखि उडान नहुँदा नियामक निकायले चासो देखाउनु स्वभाविक हो, जहाज मर्मत भैसकेको छ, क्यानको अनुमति पाएसँगै १८ सिटे जेटस्ट्रिम जहाजबाट उडान सुरु भैहाल्छ’, उनले भने । उनले ५ वटा जहाज बिक्री प्रक्रियामा रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।