logo

त्रिशूलीको रिभरफनमा उपप्रधानमन्त्री श्रष्ठले गरे जिपलाइन

    1151   पटक पढिएको


१ फागुन/अर्थ र व्यापार – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले त्रिशूली नदी माथि रहेको ‘रिभर फन जिपलाइन’मा जिपलाइन गरेका छन्।
पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको रिसोर्टसम्म पुग्ने गरी निर्माण गरेको जिपलाइनमा मन्त्री श्रेष्ठले जिपलाइन गरेका हुन् । उनले खेल्नु अघि डर लागेजस्तो भए पनि जिपलाइन उडान रोमान्चक भएको प्रतिक्रिया दिए ।

उनले पछिल्लो समय एड्भेन्चर गतिविधिले आन्तरिक पर्यटन प्रवद्र्धनमा निकै सघाएको बताए।
रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारीले ५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशूली नदी माथि पर्ने भएकाले पनि यो जिपलाइन निकै सहासिक र रोमान्चक रहेको बताए । अधिकारीले जानकारि गराए अनुसार यहाँ जिपलाइनमा रमाउन प्रतिव्यक्ति १ हजार रुपैयाँ र फोटो भिडियोको थप तीनसय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट सुरू हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकाले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्नेछ । १२ वर्षदेखि रिसोर्ट व्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिचमा ९५ मिटर स्काइ रोप साइक्लिङ समेत रहेको छ ।
मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन अवस्थामा रहेको उनले जानकारि दिए ।
अधिकारिले यस जिपलाइनकालागि बनाइएको टावरको ३ वटा तल्लामा ’रिभर फन क्याफे’ रहेको छ। जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न करिब ७ करोड खर्च हुने अनुमान गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।