logo

पोखरा जहाज दुर्घटना: आयोगले सक्यो दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम

    1128   पटक पढिएको


१० माघ/अर्थ र व्यापार– पोखरामा गत १ माघमा भएको विमान दुर्घटनाबारे अध्ययन गर्न गठित जाँच आयोगले दुर्घटनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सम्पन्न गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका कामको विवरण सार्वजनिक गरेको हो । आयोगका अनुसार घटना भएकै दिनबाट काम थालिएको थियो । अहिलेसम्म घटनास्थलको विस्तृत निरीक्षणको काम सम्पन्न भएको छ ।
सो विमान दुर्घटनास्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डर संकलनको काम समेत सम्पन्न भएको जानकारि गराउँदै आयोगले प्रत्यक्षदर्शीसँग कुराकानी, वायुसेवा सञ्चालकबाट आवश्यक कागजात संकलनको काम समेत सम्पन्न गरेको जनाएको छ ।
अब नियामक निकाय नेपाल नागरिक प्राधिकरण र मन्त्रालयबाट कागजात संकलनको काम जारी रहेको आयोगको भनाई छ । दुर्घटना जाँचको सन्दर्भमा महत्वपूर्ण सूचना प्राप्त हुने रेकर्डरहरु नेपालमा परीक्षण गर्न नसकिने हुँदा उच्च गुणस्तरसहितको दक्ष जनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा पठाउनु पर्ने हुन्छ । सोही अनुसार तयारी भइरहेको आयोगले जनाएको छ ।
आइकाओको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगले अनुसन्धान गरिरहेको र सबै प्रक्रिया पुरा गरी हवाई उडान सुरक्षामा थप सहयोग पुग्ने सुझाव सहितको प्रतिवेदन सरकार समक्ष पेश गरिने समेत आयोगले जनाएको छ ।
१ माघमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–५०० विमान दुर्घटनामा परेको थियो । सो विमान दुर्घटनामा चालकदलका सदस्य सहित कुल ७२ जनाको ज्यान गएको थियो । अहिलेसम्म ७१ जनाको शव प्राप्त भएको छ । १ जनाको शब अझै बेपत्ता छ ।
सो विमानमा ७२ जना सवार थिए । विमान दुर्घटना भएकै दिन मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा दुर्घटना जाँच आयोग गठन गरेको थियो । यस आयोगले सरकारले दिएको समयावधी भित्रमा नै आफ्नो काम सक्ने जानकारि गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।