logo

भोली बेलुका ठमेलमा न्यु इयर इभ र सडक महोत्सव हँदै

    971   पटक पढिएको


१५ पुस/अर्थ र व्यापार– अंग्रजी नयाँ वर्ष २०२३ को अघिल्लोदिन शनिबार साँझ काठमाडौको मुख्य पर्यटकीय बजार ठमेलमा न्यु इयर इभ र सडक महोत्सव गरिने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शनिबार साँझ ठमेलमा न्यु इयर इभ र सडक महोत्सव हुन लागेको हो । लामो समय कोरोना विश्व महामारिले थला परेको मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा ठमेलको पर्यटकीय गतिविधीलाई चलायमान बनाउका लागि ठमेल सडक महोत्सव आयोजना गर्न लागेको परिषदले जनाएको छ ।
शुक्रबार ठमेलमा आयोजित पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले यस्तो जानकारि गराएका हुन । उनले कोरोना महामारिले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अंग्रजी नयाँ वर्षको अवसर पारेर ठमेलको त्रिदेबीमार्गस्थित कर्मचारी सञ्चयकोष भवन अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।
‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नाराकासाथ सडक महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको बताउँदै शर्माले भने, ‘ यो सडक महोत्सव निकै भव्य र व्यवस्थित हुने छ ।’ यसैगरि, उनले यस महोत्सवमा करिब एकलाख व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको बताए । उनले यो सडक महोत्सवमार्फत ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न समेत माग गरिने बताए ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सव ठमेलभित्रका व्यवसायीलाई आफ्ना बस्तु तथा सेवाको प्रवद्र्धन गर्न निकै सहयोगी र उपलब्धीमुलक हुने अपेक्षा गरिएको बताए ।
परिषदका महासचिव राजिव पाण्डेले ठमेल सडक महोत्सवलाई भब्य रुपले सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापको बारेमा छलफल भइसकेको बताए । उनले उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने यस कार्यक्रम शनिबार साँझ साढे बजे सुरुभई सांस्कृतिक कार्यक्रम रातको साढे १२ बजेसम्म चल्ने जानकारि दिए ।
उनले विगतका वर्षहरुमा झैं यसपाली पनि अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको ठमेल सडक महोत्सव सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।
यस्तो महोत्सव, उत्सव विभिन्न पर्यटन प्रवद्र्धनात्मक गतिविधीसंगसंगै परिषदले पछिल्लो समय ठमेल क्षेत्रमा विभिन्न इन्टरनेट कम्पनीको सहकार्यमा अव्यवस्थित तारसमेत व्यवस्थापन गरिसकेको छ । यस सडक महोत्सवले व्यवस्थित ठमेल निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको परिषदले जनाएको छ ।
परिषदका अनुसार महोत्सवको दिन यहाँका रेस्टुरेन्टहरुले आफ्ना भित्रका खानाका परिकारहरु सडकमा राखेर महोत्सव हेर्न आउने अबलोकनकर्ताहरुलाई राम्रो सेवा दिने छन भने अन्य कम्पनीहरुले पनि आ आफ्ना स्टल एवं सडकबाटै आफ्ना विभिन्न पर्यटकीय सेवाकाबारेमा जानकारी गराउने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।