logo

कुवेत एयरको जिएसए ट्रान्सपोर्ट सोलुसनलाई, सातामा ७ उडान भर्न पत्राचार

    1223   पटक पढिएको

२६ मंसिर/अर्थ र व्यापार – कुवेतको ध्वजावाहक वायुसेवा कुवेत एयरको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को जिम्मा ट्रान्सपोर्ट सोलुसनले पाएको छ । एकमहिना अघि चार्टर उडानमार्फत नेपाल उडान सुरु गरेको कुवेत एयरले आधिकारिक जिएसए नियुक्त गरेको हो ।
जिएसए नियुक्ति भएसँगै कम्पनीले साताको सातवटा उडान भर्ने तयारी सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । केहीदिनअघि उडान संख्या विस्तारका लागि आधिकारिक पत्र आएको र सो कम्पनीले साताको सातवटा उडान भर्ने प्रस्ताव गरेको प्राधिकरणले जनाएको छ ।
ट्रान्सपोर्ट सोलुसन कम्पनीका कार्यकारी अध्यक्ष सुशील थापा हुन् । थापाले संचार, जलविद्युत लगायतका क्षेत्रमा लगानी गरिरहेका छन् । थापा प्रभु लाइफ इन्स्योरेन्सको दोस्रो ठूलो व्यक्तिगत लगानीकर्ता हुन् ।
थापा तत्कालीन एनडेप बैंकको सह–संस्थापकका साथै कुमारी बैंकको संस्थापक सेयरधनी समेत हुन् । उनको कम्पनीमा ९१ प्रतिशत सेयर छ।
यसैगरि, ९ प्रतिशत सेयर भने दिकेश मल्होत्राको नाममा छ । उनी आइएमएस समूहका प्रेसिडेन्ट एवं प्रमुख कार्यकारी अधिकृत हुन् । सो कम्पनीको आधिकारिक कार्यालय हात्तिसारमा छ ।
अब कुवेत–नेपाल उडान भर्ने वायुसेवाको संख्या दुईवटा पुगेको छ। यसअघि कुवेतको जजिरा एयरवेजले दुईतर्फी उडान भर्दै आएको थियो । कुवेत एयरको नियमित उडानसँगै हुने हवाई प्रतिस्पर्धाले सो रुटको भाडा समेत केही सस्तिने सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।