logo

प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

    1153   पटक पढिएको


२ कात्तिक/अर्थ र व्यापार – नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सो समिति गठन भएकोबारे जानकारी गराएका हुन । उनका अनुसार यस समितिलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको छ ।
यो अध्ययन समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिने उनले जानकारी दिए । उनका अनुसार समितिले आफूलाई आवश्यक ठानेका क्षेत्रबाट प्रतिनिधिहरु थप गरी अध्ययन गर्न सक्ने भएको छ ।
समितिलाई अहिलेसम्म प्याराग्लाइडिङमा भइरहेका अभ्यासको अध्ययन गरी यो यसको उडानलाई थप व्यवस्थित तथा सुरक्षति बनाउन अपनाउनुपर्ने उपायबारे सुझाव दिने जिम्मेवारी दिइएको छ ।
यसअघि गत आइतबार मात्र पोखरामा जारि राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नेपाली सेनाका एकजना खेलाडी निसिम थापाको प्याराग्लाइडिङ दुर्घटनाबाट मृत्यु भएको थियो । सो दुर्घटना लगत्तै प्राधिकरणले मुलुकभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको छ ।
प्राधिकरणका प्रवक्ता निरौलाले जानकारि गराए अनुसार देशभर लगाइएको यो प्रतिवन्ध छानबिन समितिको प्रतिवेदन नआएसम्म जारी रहने भएको छ । यस समितिले प्रतिवेदन बुझाएपछि सोही समितिको सिफारिसका आधारमा नयाँ निर्णय हुने प्राधिकरणले जानकारी दिएको छ ।
नेपालमा सबैभन्दा पहिले सन् १९९६ मा पोखरामा सनराइज प्याराग्लाइडिङबाट व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु भएको थियो । सो पहिलो उडान सुरुभसयता हालसम्म भएका दुर्घटनामा १७ जनाले ज्यान गुमाएको नागरिक उड्यन प्राधिकरणको तथ्यांकले देखाएको छ । पछिल्लो पटक गत आइतबार पोखरामै भएको प्याराग्लाइडिङ दुर्घटनासहित कुल १७ वटा ठूला दुर्घटना भएका छन् । जसमा १७ जनाकै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।