logo

सिलिंक्स ट्राभलको टिकटभण्डार डट कम सञ्चालनमा,दशैंको अवसरमा दुई वटा अफर घोषणा

    1256   पटक पढिएको

१० असोज/अर्थ र व्यापार– सिलिंक्स ट्राभलले सेवाग्राहीलाई सहजरुपमा हवाई टिकट उपलब्ध गराउने उद्देश्यले आफ्नो छुट्टै इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सञ्चालनमा ल्याएको छ । दशैंको घटस्थापनाको शुभसाइतमा सोमवार सिलिंक्स ट्राभलले टिकटभण्डार डट कमको सुरुवात गरेको हो ।
टिकटभण्डार डट कमको सुरुवातसँगै दशैंको अवसरमा सिलिंक्स ट्राभलले दुई वटा अफर घोषणा गरेको छ । यो दुवै अफर १० असोज देखि आगामी ९ कात्तिक सम्म लागु हुनेछ । पहिलो अफरमा आन्तरिक उडानको टिकट बुक गर्नेलाई मूल्यमा १० प्रतिशत छुट र दोस्रो अफरमा उक्त अवधिमा टिकट खरिद गर्नेमध्ये एक जोडीलाई गोलाप्रथाद्वारा काठमाडौ–बैंकक दुईतर्फी निशुल्क हवाई टिकट उपलब्ध गराउने ट्राभलले जनाएको छ ।
‘घटस्थापनको शुभ अवसरमा हाम्रो नयाँ इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सुरु गर्न पाउँदा हामी धेरै उत्साहित र उत्तिकै खुसी छौं, हामी हाम्रा सेवाग्राहीसम्म पुग्नको लागि नयाँ र रचनात्मक तरिका अपनाउन पाउँदा अझ बढी खुसी छौं’ सिलिंक्स ट्राभलका प्रबन्ध निर्देशक राजु ढकालले भने । यसैगरि, उनले विश्वको जुनसुकै कुनाबाट समय र पैसाको बचत हुनेगरी हवाई उडान छनौट गर्न आँफुहरुले सेवाग्राहीलाई मद्दत गर्ने बताए ।
सो कम्पनीका अनुसार टिकटभण्डार डट कम आन्तरिक र बाह्य उडानको लागि हवाई टिकट बुकिङ गर्ने एउटा पूर्ण माध्यम हो । यसमा अनलाईन भुक्तानीको सुविधा समेत रहेको छ । यसले हवाई टिकटको अलवा यात्रासँग सम्बन्धित होटल, वीमा, प्याकेज लगायतका अन्य सेवाहरु पनि आगामी दिनमा प्रदान गर्ने सो कम्पनीले जनाएको छ ।
टिकटभण्डार डट कम सिलिंक्स ट्राभलको अनलाइन संस्करण हो । सिलिंक्स ट्राभलसँग साढे एकदशकदेखि यात्रा र पर्यटन विशेषज्ञ टोली रहेका छन् । टिकटभण्डार डट कमसँग विश्वको जुनसुकै स्थानमा यात्रा गर्न पाँचसय भन्दा बढी एयरलाइन्सको टिकट बुकिङ गर्ने सुविधाहरु छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।