logo

घुन्सा विमान दुर्घटनाको १६ वर्ष , हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा

    999   पटक पढिएको

९ असोज/अर्थ र व्यापार – सम्बन्धीत सरोकारवालाहरुले स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृतिदिवसमा उनको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गरेका छन ।
नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चारवटा संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा स्वर्गीय हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको थियो ।
‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’ शीर्षक सहित आयोजनागरिएको कार्यक्रममा स्वर्गीय गुरुङका विद्यार्थी प्राध्यापक डा.भीम प्रसाद सुवेदी र डा. योगेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डा. गुरुङले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाई सराई, पर्वतीय पर्यटन र अन्यविभिन्न क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । प्राध्यापक डा. सुवेदीले स्वर्गीय गुरुङको व्यक्तित्वबारे स्मरण गरेका थिए ।
भुगोलविद्, नेपालको पहिलो पर्यटन मन्त्री, एनएमएका संस्थापकएवं संस्थापक सल्लाहकार स्वर्गीय गुरुङको १६ वर्षअघि बन्यजन्तु संरक्षण सम्बन्धितकार्यक्रममा सहभागी भएर फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।
उनकै सम्झनामा एनएमए सहित गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन), तमू बौद्ध सेवा समिति र न्यु एराले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभामा सहभागीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले स्वर्गीय गुरुङ नेपाली पर्वतीय पर्यटनका प्रणेता भएको बताए । नेपालको पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने मात्रै हैन उनी मन्त्री हुँदा पनि यस संघ मार्फत प्राप्त कार्डलाई मान्यताप्रदान गरी यस क्षेत्रमा कार्यरत पर्वतीय पथप्रदर्शक र अन्यकर्मचारीहरुको भविश्यलाई सुनिश्चित गर्ने काम गुरुङले गरेको स्मरणगर्दै संघका अध्यक्ष शेर्पाले भने, ‘यदि गुरुङ नहुनुभएको भए सम्भवत हामी र नेपालको पर्वतीय पर्यटन अहिलेको अवस्थामा आइपुग्ने थिएन ।’
सो कार्यक्रममा नेपाली पर्यटन क्षेत्र र विभिन्न संघ संस्थाहरुसँग सम्बन्धित प्रतिविधीहरुको सहभागीता रहेको थियो । जिटिनका अध्यक्ष पिताम्बर गुरुङले सञ्चालन गरेको कार्यक्रममा न्यू एराका योगेन्द्र प्रसाईले सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।