logo

घुन्सा विमान दुर्घटनाको १६ वर्ष , हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा

    1103   पटक पढिएको

९ असोज/अर्थ र व्यापार – सम्बन्धीत सरोकारवालाहरुले स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृतिदिवसमा उनको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गरेका छन ।
नेपाल पर्वतारोहण संघ (एनएमए) सहित विभिन्न चारवटा संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा स्वर्गीय हर्क गुरुङको बहुआयामिक व्यक्तित्वको चर्चा गरिएको थियो ।
‘वर्तमान सन्दर्भमा जनसंख्या, आन्तरिक बसाइसराई र पर्वतीय पर्यटनः एक सिंहवालोकन’ शीर्षक सहित आयोजनागरिएको कार्यक्रममा स्वर्गीय गुरुङका विद्यार्थी प्राध्यापक डा.भीम प्रसाद सुवेदी र डा. योगेन्द्र गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा डा. गुरुङले नेपालको भौगोलिक विभाजन, जनसंख्या, बसाई सराई, पर्वतीय पर्यटन र अन्यविभिन्न क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । प्राध्यापक डा. सुवेदीले स्वर्गीय गुरुङको व्यक्तित्वबारे स्मरण गरेका थिए ।
भुगोलविद्, नेपालको पहिलो पर्यटन मन्त्री, एनएमएका संस्थापकएवं संस्थापक सल्लाहकार स्वर्गीय गुरुङको १६ वर्षअघि बन्यजन्तु संरक्षण सम्बन्धितकार्यक्रममा सहभागी भएर फर्कने क्रममा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।
उनकै सम्झनामा एनएमए सहित गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन), तमू बौद्ध सेवा समिति र न्यु एराले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभामा सहभागीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले स्वर्गीय गुरुङ नेपाली पर्वतीय पर्यटनका प्रणेता भएको बताए । नेपालको पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने मात्रै हैन उनी मन्त्री हुँदा पनि यस संघ मार्फत प्राप्त कार्डलाई मान्यताप्रदान गरी यस क्षेत्रमा कार्यरत पर्वतीय पथप्रदर्शक र अन्यकर्मचारीहरुको भविश्यलाई सुनिश्चित गर्ने काम गुरुङले गरेको स्मरणगर्दै संघका अध्यक्ष शेर्पाले भने, ‘यदि गुरुङ नहुनुभएको भए सम्भवत हामी र नेपालको पर्वतीय पर्यटन अहिलेको अवस्थामा आइपुग्ने थिएन ।’
सो कार्यक्रममा नेपाली पर्यटन क्षेत्र र विभिन्न संघ संस्थाहरुसँग सम्बन्धित प्रतिविधीहरुको सहभागीता रहेको थियो । जिटिनका अध्यक्ष पिताम्बर गुरुङले सञ्चालन गरेको कार्यक्रममा न्यू एराका योगेन्द्र प्रसाईले सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।