logo

पर्यटक आगमसँगै आम्दानी बढ्यो,एकवर्षमा भ्रमण आय साढे ३२ अर्ब

    1217   पटक पढिएको

३ भदौ/अर्थ र व्यापार – कोरोना भाइरसको विश्व महामारीका कारण थला परेको मुलुकको पर्यटन क्षेत्रमा अहिले पर्यटक आगम संख्यामा देखिएको सुधारसँगै आम्दानी समेत बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्यामा आएको सुधारसँगै ति पर्यटकले गर्ने भ्रमण आय समेत केही बढेको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा कुल भ्रमण आय ३२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । सो अवधीमा भ्रमण व्यय ९७ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा ६७ अर्ब ७० करोड रुपैयाँ शिक्षाका लागि विदेशिएको हो ।
यस अनुसार नेपाली नागरिकले शिक्षामा बाहेक भ्रमणको प्रयोजनमा विदेशमा २९ अर्ब ६२ करोड खर्च गरेका छन् । यसरी भ्रमण आय २ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
पर्यटनबाट हुने आय अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा मात्र ७ अर्ब २६ करोडमा खुम्चिएको थियो । समिक्षा अवधीको वर्ष पर्यटक आय समेत नराम्रोसँग प्रभावित भएको थियो । सो भन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भने ६० अर्ब ८५ करोड रुपैयाँ भ्रमण आय रहेको थियो । सो आवको अन्तिम चार महिनामा भने कोरोना महामारीले पर्यटक आगमन ठप्प भएको थियो ।
सन् २०१९ मा नेपालमा कीर्तिमानी संख्यामा पर्यटक आगमन भएको थियो । सो वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०२० मा सरकारले भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्राउने लक्ष्य लियो । तर, भ्रमण वर्ष शुरु भएको २ महिना भित्रै कोरोना महामारी र लकडाउन शुरु भयो । यसबाट लगातार पर्यटक आगमन प्रभावित भइरह्यो ।
सन् २०२० मा २ लाख ३० हजार पर्यटक आएकोमा सन् २०२१ मा मात्र १ लाख ४९ हजार ८३३ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ मा भने पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जुलाईसम्म २ लाख ८२ हजार १२२ जना पर्यटक नेपाल भित्रिसकेका छन् ।
अझै नेपालबाट भने कति मानिस भ्रमणको प्रयोजनमा बाहिरिन्छन् भन्ने यकिन तथ्यांक छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल १६ लाख २३ हजार ४ सय ८४ जना नेपाली विदेश गएका थिए ।
यो संख्या वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य–उपचार, व्यापार, सरकारी तथा औपचारिक भ्रमण, संयुक्त राष्ट्रसंघमा खटिने कर्मचारी र भ्रमणका सिलसिलामा गएकाहरुको संयुक्त संख्या हो ।

यस्तो छ पर्यटक भ्रमण आय
आव २०७६/७७: ६० अर्ब ८५ करोड
आव २०७७/७८: ७ अर्ब २६ करोड
आव २०७८/७९: ३२ अर्ब ४४ करोड

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।