logo

सिजनमा मात्र नभएर अब वर्षभर पर्यटक ल्याउने वातावरण बनाऔंः पर्यटनमन्त्री

    1117   पटक पढिएको

३० साउन/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सिजनमा मात्र नभएर अब वर्षभर पर्यटक ल्याउने वातावरण बनाउन सरकार लागिपरेको बताएका छन । सरकारको यस्तो अभियानमा निजी क्षेत्र लगायत सबै सरोकारवालाहरुलाई पहल गरिदिन आग्रह गरे ।
सोमबार राजधानीमा सम्पन्न ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को ४४ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । वर्षभर पर्यटक भित्राउन आवस्यक पर्यटकीय गन्तव्यस्थलहरुलाई असर नपर्ने गरी पूर्वाधार विकास निर्माण हुनुपर्ने भन्दै उनले अब नेपाललाई वर्षभर नै पर्यटक आउने आकर्षक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिए ।
उनले हाल पर्यटकीय सिजन कुरेर बस्ने व्यवसायीलाई पनि यस्तो सोचाई बदलेर अब वर्षभर नै नेपाल पर्यटकका लागि खुला छ भन्ने सन्देश प्रचार गरी पर्यटकलाई थप आकर्षित गर्नुपर्ने बेला आएकाले सरकार सोही अनुरुप अघि बढ्ने बताए ।
यसैगरि, उनले विदेशमा रहेका हरेक नेपालीले कम्तिमा एकजना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वतावरण सिर्जना गर्ने अभियान थालेकोमा विशेषगरि गैर आवासिय नेपाली संघ( एनआरएनए) लाई धन्यावाद दिए ।
मन्त्री श्रेष्ठले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कार्यमा अघि बढीरहेको बताए । उनले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, मर्यादित, आकर्षित र पदयात्रा व्यवसाय प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । उनले विकासको कारणले ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने बताए ।
‘हामीले पर्यटक दशकको रुपमा नेपाल भ्रमण दशक भनेर सन् २०२३ देखि २०३३ सम्मलाई निरन्तर रुपमा काम अघि बढाउने र पर्यटन क्षेत्रलाई आकर्षित गर्ने, र नेपालमा रहेका नेपालीहरुले पहिला नेपाल घुमौं र विदेश घुमौं भन्ने कुरालाई अघि सारेका छौँ’ मन्त्री श्रेष्ठले भने ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योग कोरोना कहरका कारण अझै पूरानो अवस्थामा फर्किन नसकेको जानकारि गराउँदै पर्यटन क्षेत्रमा देखिएका विविध समस्या समाधानका लागि सरकार गम्भिर हुनुपर्ने बताए ।
उनले कोरोना महामारिले थला परेको मुलुकको पर्यटन क्षेत्रको विकासकालागि अहिलेसम्म निजी क्षेत्रका तर्फबाट प्रयास भईरहेपनि अझै अपेक्षाकृत रुपमा सरकारले पहल नगरेको बताए । आफ्नो कार्यकालमा टानका तर्फबाट पदयात्रा व्यवसाय प्रवद्र्धनकालागि सरकारसँग धेरै माग गरेपनि अझै अपेक्षाकृत रुपमा काम नभएकाले अब सरकारले व्यवसायीको माग संवोधन गरिदिनुपर्ने उनको भनाई थियो ।
यसैगरि, उनले व्यवसायीसँगको सहकार्यबाट मात्र सरकारको आफ्नो लक्ष्य पुरा गर्ने भएकाले निजी क्षेत्रको मागप्रति पनि सरकार गम्भिर हुनुपर्ने धारणा राखे । ‘टिम्स कार्ड दिने कुरा रोकिनु नपर्ने हो । यसको हामीले सञ्चालन गछौं भनेका थियौ । राज्यले टिम्स कार्यान्वयन न पूर्ण रुपमा गर्न सक्ने अवस्था भयो, न हामी पर्यटन व्यवसायीले खोजेअनुसार दियो ’ उनले दुःखेसो पोखे ।
सोही साधारण सभासँगै टानको आगामी नयाँ नेतृत्व चयन गर्न सोमबार दिउँसोबाट सुरु भएको निर्वाचनमा पदयात्रा व्यवसायीहरुले मतदान गरिरहेका छन । यस निर्वाचनकालागि अध्यक्ष पदमा निलहरी बाँस्तोला र रामप्रसाद सापकोटाले समुह नै बनाएर चुनावी मैदानमा उत्रिएका छन । अर्का व्यवसायी बोधराज भण्डारीले भने अध्यक्षमा स्वतन्त्र रुपमा चुनाबी मैदानमा उत्रिएका हुन । 
अध्यक्षका प्रत्यासी उम्मेद्वार वाँस्तोलाको समुहलाई नेपाली कांग्रेस, नेकपा एमालेको एउटा खेमा, नेकपा एकिकृत समाजवादी निकट ट्रेकिङ व्यवसायीहरुको समर्थन रहेको छ भने अर्का प्रत्यासी उम्मेदवार सापकोटाको समुहलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको अर्को खेमा तथा नेपाल समाजवादी पार्टी निकट पर्यटन व्यवसायीको समर्थन रहेको छ ।
टानको यस निर्वाचनमा करिब एक हजार दुईसय भन्दाबढीले मतदान गर्ने अपेक्षा गरिएको टान निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।