logo

रामप्रसाद सापकोटा समुहको उम्मेदवारी परिचयात्मक कार्यक्रम सम्पन्न

    1360   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० गते हुने निर्वाचनका लागि रामप्रसाद सापकोटा (कमल) को समुहले उम्मेदवारी परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार सापकोटाले आँफु टानमा जिते पनि वा हारेपनि एकपटक मात्र उम्मेद्वार बनेको वताए । आँफुले नेतृत्व गरेका संस्थाहरु को सफलता प्रस्तुत गर्दै आँफुहरु संयुक्त व्यवसायिक प्यानल रहेको वताए । त्यसका साथै धेरै राजनीतिक दलहरु निकट व्यवसायीहरु । व्यवसायीहरुको समर्थन आफ्नो समुहलाई रहेको वताए । “अध्यक्षका अर्का उम्मेद्वार टानमा पटक–पटक गईसक्नुभयो, उहाँले केहि नयाँ गर्न सकेको देखिएन”–अध्यक्षमा उम्मेद्वार सापकोटाले भने ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटाले आँफु पनि यसपटक टानमा अध्यक्षको आंकांक्षी रहेपनि आफ्नो एजेण्डालाई अध्यक्षका उम्मेद्वार रामप्रसाद सापकोटा (कमल) ले अगाडी बढाउन सक्ने देखेका कारण यसपटक सापकोटालाई अध्यक्षमा विजयी गराउनुपर्ने वताए ।

सापकोटा समुहको वरिष्ठ उपाध्यक्षमा सरिता लामा , प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल , द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज ) , सचिबमा हरि कडरिया, कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे र सह–कोषाध्यक्षमा रिन्जी जाङ्बु शेपा रहेका छन । त्यस्तै सदस्यहरुमा दोर्जे तामाङ , बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने, शरण अधिकारी र निर्मला सापकोटा खनाल उम्मेद्वार रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।