logo

नाटोज अध्यक्ष अधिकारीले दिए राजिनामा ,कार्यबाहक अध्यक्षको जिम्मेवारी लोहोनीलाई

    1308   पटक पढिएको

२७ असार/अर्थ र व्यापार– राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले अध्यक्ष पदवाट राजिनामा दिएका छन । सोमवार संस्थाका पदाधिकारीहरुको उपस्थितिमा अध्यक्ष अधिकारीले राजिनामा दिएका हुन । अधिकारीले राजिनामा दिएसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विकास लाहोनी लाई दिईएको छ । अधिकारी गत २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नुवाकोट, तारकेश्वर गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।
सो अवसरमा राजिनामा दिँदै अध्यक्ष अधिकारीले आँफु नाटोजको विकासका लागी संस्थावाट राजिनामा दिएपनि सँधै संगै रहेको वताए । सो अवसरमा नाटोजका उपाध्यक्षहरु विकास लोहोनी, मधुजंग पाण्डे, प्रकाश खालिङ,महासचिव नविन काफ्ले,कोषाध्यक्ष कल्पना महर्जन लगायतले अध्यक्ष अधिकारीलाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । नाटोजको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विकास लोहोनीलाई दिईएको र आगामी तीन महिना भित्र साधारणसभा सम्पन्न गरि नयाँ नेतृत्व चयन गरिने महासचिव नविन काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।