logo

थाई स्माइलले शुक्रबारबाट काठमाडौं–बैंकक नियमित उडान भर्ने

    1324   पटक पढिएको

१३ असार /अर्थ र व्यापार – थाइल्याण्डको थाई स्माइल एयरवेजले आगामी शुक्रबारदेखि काठमाडौं–बैंकक नियमित उडान सुरू गर्ने भएको छ । थाई स्माइलले नेपालमा पहिलो पटक आगामी शुक्रबारबाट नियमित उडान सुरू गर्न लागेको हो ।
यस वायुसेवा कम्पनीको उडानसँगै दुई वर्षपछि नेपाल–थाइल्याण्डमा सिधा हवाई सञ्जालमा जोडिँदै छ । सो समयअघि मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम र थाई एयरवेजले काठमाडौबाट बैंककलालागि सिधा उडान भर्दै आएको थियो । यस वायुसेवाको सेवा विस्तारले अब पुनः यस रुटमा रोकिएको उडान सुरु हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यस एयरवेजलाई साताको सातै दिन उडान अनुमति दिएको जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आफ्नो नेपाल उडान सेवा विस्तारको क्रममा सबै प्रक्रिया पूरा गरेको थाई स्माइलले आगामी शुक्रबारबाट साताको सबैदिन उडान भर्ने अनुमति पाएको बताए ।
नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल हो। यो गन्तव्य उडानका लागि माग राम्रो रहेकाले आगामी शुक्रबारबाट काठमाडौं–बैंकक पहिलो व्यवसायीक उडान तयारीका साथ सेवा सुरू गर्न लागेको सो एयरलाइनसका नेपालस्थित आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलले जनाएको छ ।

आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलले जानकारि गराए अनुसार यो थाई स्माइल थाई एयरवेजकै भगिनी कम्पनी हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो । थाई स्माइलले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा नियमित व्यवसायीक उडान भरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।