logo

नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले पदभार सम्हाल्दै यस्ता दुई निर्णय गरे

    1359   पटक पढिएको

१३ असार/अर्थ र व्यापार – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सोमबार पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपतिनिवासमा शपथ खाएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विभिन्न दुइवटा निर्णय गरेका हुन् । उनले कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्रमा परेको असरबारे विभिन्न अध्ययन प्रतिवेदन बनेको र त्यसलाई कार्ययोजनाको रूपमै अघि बढाउन समिति गठन गरे ।
कार्ययोजना बनाएर सात दिनभित्र पेस गर्ने भनिएको छ । यस समितिमा निजी क्षेत्रका विज्ञहरू पनि समावेश गरिएको छ ।
यसैगरि, उनले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण सम्बन्धमा अध्ययन गर्ने अर्को निर्णय गरेका छन् । यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणको काम अघि बढाउने निर्णय उनले आफ्नो पदभार ग्रहणकै क्रममा गरेका हुन् ।

काठमाडौको स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अघि बढाउने निर्णयमा उनले हस्ताक्षर गरे । स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९/८० का लागि आवस्यक बजेट समेत छुट्याएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।