logo

पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित

    1482   पटक पढिएको

२९ जेठ/अर्थ र व्यापार – हिमाल आरोही एवं आरोहणमा संलग्नहरुको प्रतिनिधीमुलक छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार संघको अध्यक्षमा निर्वाचित भएका शेर्पाले कुल ७३५ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले जम्मा १२२ मत ल्याएका थिए ।
संघको बरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याएकी थिइन । यस निर्वाचनमा विशेषगरि बरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा भएकाले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष पाण्डेले जम्मा ५ मत बढि ल्याएर बिजयी भएका हुन ।
यसैगरि, संघको प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावाजाङ्बु शेर्पा, महासचिवमा मोहन लम्साल निर्वाचित भएका छन । संघको सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन् ।
यसैगरि, कार्यसमिति सदस्यहरुमा नाम्ग्याल जाङ्बु शेर्पा,आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, पासाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन्। संघको यस नयाँ नेतृत्व चयन गर्नका लागि भएको सो निर्वाचनमा संघका २ हजार ४९ सदस्य मध्ये नवीकरण भएका कूल १ हजार २१५ जना मतदाता थिए । सो निर्वाचनमा जम्मा ९०५ जना मतदाता मात्र सहभागी भएका थिए । अध्यक्षसहित विभिन्न पदाधिकारी र केन्द्रिय सदस्य गरी कुल २७ जना सदस्यीय रहेको संघको सो निर्वाचनको अन्तिम मत परिणाम शनिबार बिहान सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।