logo

हेलिकोप्टरमा दुईजना चालक राख्न सकिदैन, हेलिकोप्टरको व्यापार नै धराशायी हुन्छ:वायुसेवा संचालक संघ

    1415   पटक पढिएको

२० जेठ/अर्थ र व्यापार – वायुसेवा प्रदायक कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई चालक राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको बताएको छ ।
प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुईवटा चालक अनिवार्य गर्ने तयारी गरिरहेका बेला वायुसेवा संचालक संघले व्यावसायिक उडानमा सो कदम उपयुक्त नहुने धारणा अघि सारेको हो ।
तारा एयरको विमान दुर्घटना भएपछि गत बुधबार प्राधिकरणले हेलिकोप्टर कम्पनीहरुमाथी पनि यस्तो नयाँ नियम लागु गर्ने निणर्य गरेको थियो । सो निणर्यपछि हेलिकोप्टरमा दुई चालक राख्नेबारे नागरिक उड्यन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एउटा इन्जिन भएको हेलिकोप्टरमा दुईजना चालक राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने र यात्रुको संख्या नै थप घट्ने भएकाले सरकारको यस्तो निणर्यले सबै कम्पनी धरासायी हुने बताए । ९ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरहरुमा दुईजना चालक राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुईजना पाइलट राख्दा दक्ष जनशक्तिको समेत अभाव हुने संघको धारणा रहेको उनले जानकारि दिए ।
हाल नेपालमा सञ्चालन भइरहेका ११ वटा हेलिकोप्टर कम्पनीमा एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । जसमध्ये १० जना विदेशी र २६ जना नेपाली चालकले एउटा इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको सो संघले जानकारि दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।