logo

पर्वतारोहण संघको साधारणसभा स्थगन गर्न आह्वान

    1547   पटक पढिएको

८ जेठ/अर्थ र व्यापार – नेपाल पर्वतारोहण संघको भोलि (सोमबार) हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघको गैरीधारास्थित सिल्भर ओक बंैक्वेटमा बोलाईएको साधारण सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको हो ।
पत्रकार सम्मेलन मार्फत संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पुर्व अध्यक्ष जिम्बाजाङबु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक ३१औं साधारणसभा स्थगन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् । यसअघि संघको साधारणसभा विधानविपरित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि कुनैपनि कामकारर्बाही नगर्न आदेश दिएको उनीहरुले बताएका छन ।
संघका बहुसंख्यक सदस्यहरु, आरोहीहरु, पर्यटन मजदुरहर तथा पर्यटन व्यवसायीहरु, हिमाल आरोहण तथा टे«किङ पेशामा काठमाडौं उपत्यकाभन्दा बाहिर ब्यस्त रहेको मौका छोपेर २ वर्ष अघि नै कार्यकाल समाप्त भइसकेका कार्यसमितिले संघको विधानविपरित केन्द्रीय सचिवालयले सोमबार गर्न लागेको साधारणसभा स्थगन गर्नुपर्ने उनीहरुको माग छ ।
यसअघि समयमा गर्नुपर्ने केन्द्रीय कार्यसमितिको निर्वाचनलाई गौण बनाई विषयलाई पुनः निरन्तरता प्रदान गर्दै ३१औं वार्षिक साधारणसभा गत ९ चैतमा बोलाइएकोमा पाटन उच्च अदालतको अन्तरिम आदेश पछि स्थगित गरिएको थियो ।
सोमबार बोलाइएको साधारणसभा आरोही, ट्रेकिङ मजदुर तथा पर्यटन व्यवसायीलाई आफ्नै हक अधिकारबाट बञ्चित गर्ने षड्यन्त्रको भण्डारफोर गर्दै आफुहरुले स्थगनको माग गरेको उनीहरुद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले नेपाल पर्वतारोहण संघको कार्यकाल सकिएर २ वर्ष हुँदापनि कार्यसमितिको निर्वाचन गर्ने पहल नगरेको आरोप लगाए । उनले संघलाई आफुहरुले धेरै दबाब दिएपनि आलटाल गरेपछि आफुहरु तुरुन्तै निर्वाचन गर्नुपर्छ र चुनावबाट नयाँ कार्यसमिति चयनको पहल गरिदिन आग्रह गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको सुनाए । उनले संघको निर्वाचन तत्काल गर्नुपर्छ भनेर आफूहरु काठमाडौंस्थित् जिप्रकामा गएको स्पष्ट पारे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो साधारणसभा संघको विधानविपरित रहेको भन्दै कुनैपनि कामकारवाही नगर्न लिखित आदेश दिएको हुनाले अब यस साधारण सभा सबैले बहिष्कार गर्नुपर्ने धारणा पनि उनले राखे । पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष जिम्बाजाङबु शेर्पाले प्रेस विज्ञिप्ती वाचन गरेका थिए । 

संघका पूर्व कोषध्यक्ष तथा नेपाल जनजाती महासंघका महासचिव एवं जसपाका नेता आङकाजी शेर्पाले यस संघले कार्यकाल सकिएको २ वर्षसम्म पनि निर्वाचन गर्न आलटाल गरेपछि जिल्ला प्रशासन कार्यालयले आगामी २७ र २८ बैशाखमा निर्वाचन घोषणा गरिदिएको सुनाए । उनले भने,‘नेपाल पर्वतारोहण संघले निर्वाचनमा आफ्नो पक्षका सदस्यहरु नभएपछि विधान मिचेर संशोधन गर्न साधारणसभा आयोजना गरेको आरोप लगाए । यसैगरि, उनले अब सबै सदस्यहरुले यो साधारणसभा बहिस्कार गर्नुपर्ने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।