logo

निगमको वित्तीय अवस्थामा सुधार, आठ महिनामा ८ अर्ब ३९ करोड आम्दानी

    1059   पटक पढिएको

२१ बैशाख /अर्थ र व्यापार – राजनीतिक हस्तक्षेप लगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफसँग भएका विमानको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था सुदृढ हुँदै गएको दाबी गरेका हुन् । उनका अनुसार पछिल्लो सयम निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिनसक्ने छ ।
ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ । यसैगरि, निगमले चालु आर्थिक वर्ष २०७८÷७९ को वितेका ८ महिना (साउनदेखि फागुन) सम्म ८ अर्ब ३९ करोड आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिको आम्दानी पाँच अर्ब ७० करोड रुपैयाँ थियो ।
निगमले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ विमान खरिद गर्दाको साँवा ब्याज भुक्तानीको कूल दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको जनाएको छ । निगमले अत्यन्त प्रतिकूल अवस्थामा ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ रुपैयाँ नगद मौज्दात कायम हुनाले निगमले यस अवधिमा एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ रुपैयाँ वित्तीय आम्दानी बचत गरेको देखिन्छ । ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्व बापतको रकमसमेत बचत भएको छ ।
यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।
निगमले उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ए३२० सिरिजका दुईवटा न्यारोबडी र ए३३० सिरिजका दुईवटा वाइडबडी विमानको औसत सीट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको जनाएको छ । २०७८ को कात्तिकमा न्यारोबडी विमानले सात घण्टा ३८ मिनेट र वाइडबडी जहाजको ६ घण्टा ३६ मिनेट उडान भरेकामा २०७८ चैतमा न्यारोबडीको ९ घण्टा ४८ मिनेट र वाइडबडीको १० घण्टा ४१ मिनेट जहाज उपयोगिता भएको थियो ।

निगमले आफ्नो गन्तब्य विस्तारका क्रममा गत ९ वैशाखदेखि साउदीअरेबियाको रियादमा नियमित उडान प्रारम्भ गरेको छ । नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मानिएको रियादमा निगमले हाललाई सातामा दुुईवटा उडानबाट सेवा सुरु गरिसकेको छ । बजार माग अनुसार आगामी दिनमा अझ थप उडान विस्तार गर्ने कार्ययोजना रहेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । निगमले साउदी अरेबियाको जेद्दा र दम्माममा पनि उडान अनुमति पाइएको छ । रियाद साउदी अरेबिया नयाँ गन्तव्य मात्र नभएर चार लाखभन्दा बढी नेपालीहरु रहेको र यात्रुसङ्ख्या एवं भाडादरका कारणले थप आकर्षक गन्तव्य पनि हो ।

निगमले विभिन्न कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सञ्चालन गरिसकेको छ । निगमले हाल भारतको नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गरिरहेको छ । यस्तै मुम्बईमा साताको तीन, बैङ्ग्लोरमा साताको तीन उडान भर्दै आएको छ ।
यसैगरी, दोहा र दुबई समान साताको पाँच उडान तथा हङकङमा साताको एक उडान, क्वालालम्पुरमा साताको तीन उडान गरिरहेको छ । बैंककमा साताको तीन उडान र रियादमा साताको दुई उडान सञ्चालन गरिरहेको निगमले जनाएको छ । निगमले ११औँ नयाँ गन्तव्यको रुपमा चीनको ग्वान्झाउ र १२ औँ गन्तव्यको रुपमा दक्षिण कोरियाको सिओलमा उडान विस्तारको लक्ष्य राखेको छ ।
निगमले धनगढी र नेपालगञ्जलाई आधार बनाएर सुदूर पश्चिममा नियमित उडान सञ्चालन गरिरहेको छ । २०७८ सालको बडादशैँको अवधिमा आएको बेमौसमी वर्षात र बाढी–पहिरोले नेपालको पश्चिम पहाडी जिल्लाहरुमा यातायात अवरुद्ध भई दशैँ मनाउन गाउँघर गएका नागरिकहरु अलपत्र परेकोले तत्कालै उद्धार हुने गरी बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लाहरुमा धनगढी र नेपालगञ्जलाई आधार बनाएर उद्धार उडान सञ्चालन गरिएको थियो ।
त्यसयता ती जिल्लाहरुमा नियमित व्यावसायिक उडान सञ्चालनमा रहेको छ । यस्तै निगमले आन्तरिक उडानमा पनि गन्तव्य विस्तार गरेको छ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको निगमले काठमाडौँ–इलाम–काठमाडौँ नियमित उडान गर्ने गरी गृहकार्य अगाडि बढाइरहेको प्रवक्ता खड्काले बताइन् । निगमले काठमाडौँबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्ज नियमित उडान गर्दछ भने नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्ने गर्दछ । त्यस्तै धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङ उडान गर्दै आएको छ । निगमले विश्वका प्रसिद्ध वायुसेवा कम्पनीसँग अन्तरदेशीय टिकट बिक्री गरिरहेको छ । जसले गर्दा निगमको सिधा उडान नहुने गन्तव्यमा निगमकै टिकटबाट यात्रा गर्न सकिने व्यवस्था मिलाएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।