logo

पर्यटन क्षेत्रलाई गति दिन समितिले बुझायो १८ बुँदे सुझाव

    849   पटक पढिएको

१८ बैशाख/अर्थ र व्यापार – सरकारद्धारा गठित पर्यटन पुर्नरउत्थान समितिले कोरोना महामारिले थलिएको मुलुकको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन तथा पर्यटकीय गतिविधीलाई चलायमान बनाउन विभिन्न १८ बुँदे सुझाव दिएको छ ।
समितिले कोरोना कहरपछि विस्तारै लयमा फर्किन लागेको पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रूपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने लगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ ।
झन्डै साढे दुईवर्ष बढी कोरोना कहरमा परेको मुलुकको पर्यटन क्षेत्रलाई पुनःजागृत गराउने लक्ष्यकासाथ सरकारले गठन गरेको विशेष समितिले हाल विद्येमान केही नीतिगत, प्रक्रियागत संरचनागत विषयमा समेत सुधार गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको र कूल गार्हस्थ्य उत्पादनमा विशेष भूमिका प्रदान गर्ने क्षेत्र पर्यटन नै भएकाले अब यसलाई तत्काल सुधारको प्रक्रिया थाल्न समितिले सरकारलाई यस्तो सुझाव दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई बुझाइएको एक अध्ययन प्रतिवेदनमा समितिले विदेशी मुद्राको चापसमेत परेका सन्दर्भमा विशेष प्राथमिकता दिएर यस क्षेत्रलाई अघि बढाइए छिटै पर्यटन क्षेत्रबाट उल्लेख्य प्रतिफल हासिल गर्न सकिने बताएको छ । सामान्यतया एकजना पर्यटक नेपाल आएपछि करिब ९ जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाउने र नेपालको आम प्रवृत्ति नै ‘अथिति देवो भवः’ अर्थात् पाहुना भनेका भगवान् जस्तै हुन् भन्ने भएकाले पनि समृद्ध नेपालको आधारशिला हुने तथ्यलाई मनन् गरिएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
राष्ट्रिय पर्यटन पुनरुत्थान समिति मातहतको प्राविधिक समितिले दिएको सुझावमा पर्यटन उद्योग पूर्णरुपमा पहिलेकै अवस्थामा नआउँदासम्म पुनःकर्जा दिने मौद्रिक नीति आवश्यक रहेकामा जोड दिएको छ । हाल नेपालको कूल जनसंख्याको ७० प्रतिशत बढीले कोरोनाविरुद्धको खोप लगाइसकेकाले विश्वस्वास्थ्य संगठनको ‘रेड जोन’ बाट छिटै हटाउन विशेष पहल जरुरी रहेको प्राविधिक समितिको सुझाव छ ।
यसैगरि, केहीदिन अघि मात्र सरकारले घोषणा गरे बमोजिम आगामी १ जेठदेखि लागु हुने शनिबार र आइतबारको दुई दिने सार्वजनिक बिदा तथा सरकारी कर्मचारीकालागि दुई दिनको सार्वजनिक बिदाको नीतिले पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सो समितिले आफ्नो सुझावमा उल्लेख गरेको छ ।
सरकारको घोषणा बमोजिम पनि आगामी १ जेठदेखि परीक्षणका रूपमा दुईदिने सार्वजनिक बिदा कार्यान्वयनमा आउनेछ । त्यसबाट आन्तरिक पर्यटन थप विस्तार भई पर्यटकीय गतिविधी बढेर देसको अर्थतन्त्र चलायनमान हुने समितिको ठहर छ ।
पोखरा लगायत कास्की क्षेत्रका पर्यटन व्यवसायीले त सरकारको गरेको यस्तो घोषणाको निकै प्रशंसा गर्दै स्वागतसमेत गरिसकेका छन् ।
समितिले सरकारलाई बुझाएको विभिन्न १८ बुँदे सुझावहरुमा बैंकिङ सेवामा छुट वा वैकल्पिक व्यवस्था हुनसक्ने , पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि दुर्गम क्षेत्र वा नयाँ गन्तव्यमा निश्चित समयका लागि नवपर्यटन सम्बन्धी सेवा र सुविधाका लागि कर छुटको नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेछ, ‘एक गाउँ हेर्नैपर्ने ठाँउका’ रूपमा विकास गरेर ७५३ वटै स्थानीय तहलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्नुपर्ने रहेका छन ।
जसका कारण अब काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, बाँके, जनकपुर, अन्नपूर्ण सर्किट र सोलुखुम्बु तथा रसुवामा मात्रै केन्द्रित रहेको पर्यटन क्षेत्र देशभर नै विस्तार हुने प्राविधिक समितिका संयोजक राजाराम गिरीले जानकारी दिए ।
सरकारले तोकेको मापदण्ड पूरागर्ने मानिसका लागि दीर्घकालीन बसाईको प्रावधान स्थापना गर्न आवश्यक रहेको सुझाव सो समितिको छ । यसैगरि, स्वदेशी र विदेशी पर्यटकबीचको असमानतालाई हटाउने गरी सबै पर्यटन गतिविधिमा लागू हुने नीति परिमार्जन गरी एकद्वार प्रवेश नीति लागू गर्नु आवश्यक रहेको, प्रतिबन्धित क्षेत्रमा पदयात्रा अनुमति, आन्तरिक उडान र राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रमा एउटै शुल्क लागू गर्नुपर्ने प्राविधिक समितिले सुझाव दिएको संयोजक गिरीले जानकारी दिए ।
नेपालमा हवाई सेवाको सुदृढीकरण र प्रवद्र्धनका लागि हवाई सेवा सम्झौताको समीक्षा गर्न आवश्यक छ । त्यसमा पारस्परिक अन्तर्राष्ट्रिय आधार र शहरदेखि शहरसम्मको उडानलाई व्यवस्थित गर्नु आवश्यक रहेको, पोखरा, नेपालगञ्ज, विराटनगरलाई केन्द्र बनाएर अन्तर शहरमा हुने उडानले आन्तरिक पर्यटनको विस्तार हुने संभावना देखिएको पनि सो समितिले आफ्नो सुझावमा समेटेको छ ।
यसैगरि, पर्यटन क्षेत्रका सरोकारवालाबाट कम्तीमा पाँच जना व्यक्ति छनोट गरी नेपाल पर्यटन बोर्डलाई पुनःसंरचना गर्न आवश्यक रहेको, विद्यमान संरचनाअनुसार पर्यटन बोर्डले निजी क्षेत्रको खास प्रतिनिधित्व हुन नसकेका विषयलाई समयानुकूल सम्बोधन गर्नुपर्ने समितिले विशेष प्राथमिकताका साथ सुझाव दिएको छ ।
त्यसैगरि, आन्तरिक र विदेशी पर्यटकबीचको असमानता हटाउन आन्तरिक पर्यटकलाई पनि हरियो प्लेटका सवारी साधन प्रयोग गर्न दिनुपर्ने, मनोरञ्जन, चलचित्र छायाङ्कन, ड्रोनको प्रयोग, बैठक प्रोत्साहन, स्म्मेलन र प्रदर्शनी जस्ता माइस पर्यटनका लागि पर्यटन नीतिलाई सरलीकृत र अनुमगन गर्नुपर्ने, विद्यमान नागरिक उड्डयन ऐनमा समयानुकूल र आवश्यकता अनुसार परिमार्जन गर्न आवश्यक देखिएको सुझाव समितिले दिएको छ ।
नेपालको मौसम पूर्वानुमान सेवा महत्वपूर्ण बिन्दु जस्तै थोरङलापास, चोला र अन्य महत्वपूर्ण स्थानका पदयात्रा मार्ग पहुँचयोग्य बनाइनुपर्ने । त्यसो भएको खण्डमा हिमालमा मौसमसम्बन्धी दुर्घटना र ज्यान गुमाउनेको संख्या कम रहेको,अध्यागमन विभागको शुल्क माथिल्लो मुस्ताङ र माथिल्लो डोल्पाका लागि उच्च रहेको, कूल १० दिनका लागि ५०० अमेरिकन डलर लाग्ने, यसलाई सबै पर्यटकका लागि प्रतिदिन २५ अमेरिकन डलरमा घटाउनुपर्ने ,पुराना र अव्यवहारिक अनिवार्य इजाजत पेश गर्नुपर्ने प्रावधानमा हेरफेर गर्नुपर्ने सुझाव दिएको समितिले नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल ( टान) ले संयुक्त रुपमा सञ्चालन गरेको टिम्स कार्डलाई नेपालभर व्यवस्थित र नियमित गर्न अनुगमन र विस्तार आवश्यक रहेको । टिम्सको अनलाइन वितरणलाई भरपर्दो बनाउन आवश्यक रहेको पनि समितिले आफ्नो सुझावमा समेटेको छ ।
यसैगरि, समान स्तर र सुविधा भएका केही होटलका लागि दर भने भिन्न हुने गरेको अवस्थालाई ध्यान दिई सरकारले राजस्व आर्जनमा वृद्धि गर्न र आतिथ्यताको गुणस्तर सुधार गर्ने होटलको सेवा गुणस्तर वा वर्गीकरणका आधारमा दर निर्धारण गर्नुपर्ने । ती होटलले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्ने, अध्यागमन विभागसँग समन्वय गर्दै बायोमेट्रिक परीक्षण प्रणाली, अनलाइन प्रवेशाज्ञा र ई पेमेन्ट व्यवहारमा ल्याउनुपर्ने र कर्मचारीलाई सेवाग्राहीको सेवा प्रवाहमा उच्चस्तरको तालिम दिइनुपर्ने र उपयुक्त पोशाक कोड र व्यवहारको पालना गर्नुपर्नेमा जोड दिइएको पनि सो समितिले जनाएको छ ।
यसैगरि, विद्युतीय कारोबारले सहजरुपमा पर्यटक आवागमनलाई थप सहज बन्ने र त्यसले नेपालको समृद्धिको आधारसमेत तयार पार्ने बलियो आधार सहितको सुझाव दिएको सो समितिका संयोजक गिरीले जानकारि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।