logo

होटल संघ र ट्रेड युनियनबीच बढेको पारिश्रमिक लागू गर्ने सहमति

    1260   पटक पढिएको

७ बैशाख /अर्थ र व्यापार – होटल संघ नेपाल (हान ) र सम्बन्धित केन्द्रीय ट्रेड युनियनबीच बढेको पारिश्रमिक लागू गर्ने सहमति भएको छ ।
होटल संघ नेपालकी अध्यक्ष सृजना राणाको अध्यक्षतामा तीनवटै क्रियाशील केन्द्रीय स्तरका ट्रेड युनियनहरु नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघका प्रतिनिधिबीच भएको संयूक्त छलफलमा बढेको पारिश्रमिक लागू गर्ने तथा होटल व्यवसाय सञ्चालनलाई निरन्तरता दिने सहमति भएको हो ।
कोरोनाको असरका कारण लामो समय होटल व्यवसाय सञ्चालन हुन नसकेको र पछिल्लो समय क्रमिक रुपमा सञ्चालन हुन थालेसँगै कर्मचारीहरुसँग सौहार्दपूर्ण वातावरणमा काम गर्ने सम्बन्धमा छलफल केन्द्रित भएको थियो । विगतमा गरिएका सम्झौताको समय पनि समाप्त भइसकेकाले नयाँ सम्झौता भएको होटल संघले जनाएको छ ।
होटल संघ र कर्मचारीबीच भएको सम्झौतामा भनिएको छ ‘संचालनमा आएका होटलहरुका लागि २०७६ सालको ११ चैत भन्दा अघि श्रमिक तथा कर्मचारीले प्राप्त गरेका तलव, भत्ता, सेवासुविधा तथा सामूहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलव्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने ।’
यसैगरि, होटल प्रतिष्ठान र श्रमिकबीचमा विगतमा भए गरेका वा भविष्यमा हुने सम्झौताहरुको हकमा कुनै श्रम विवाद उत्पन्न हुन गएमा केन्द्रीय ट्रेड युनियन र होटल संघ नेपाल मार्फत समस्याको समाधान गरिने सम्झौतामा उल्लेख छ । बन्दाबन्दीको अवस्थामा भएका सम्झौता कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकलाई दामासायी रुपमा पारिश्रमिक वितरण गरिनुपर्ने सहमति भएको छ ।
दुई पक्षबीच भएको सो सहमतीमा कोरोनाले कारोबार सञ्चालनमा नआएका होटल, बन्द तथा पुननिर्माणमा रहेका होटल र आंशिक सञ्चालनमा आएका होटल प्रतिष्ठानहरुको हकमा स्थानीय आधिकारीक युनियन वा क्रियाशिल ट्रेड युनियन र व्यवस्थापन बीचमा हुने आपसी सम्झौता बमोजिम हुने उल्लेछ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।