logo

विदेशबाट आउने यात्रुले सीसीएमसीसी फारम भर्नुपर्ने नियम हट्यो

    1553   पटक पढिएको

११ चैत/अर्थ र व्यापार – सरकारले विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने यात्रुले विमानस्थलमा पस्न सीसीएमसीसी अनलाइन फारम भर्नुपर्ने नियम हटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बिहीबार यस्तो निर्णय भएको जानकारी गराए । शुक्रबार राजधानीमा आयोजित ‘गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल’को २४ औं वार्षिक साधारणसभामा पर्यटन सचिव न्यौपानेले यस्तो जानकारी गराएका हुन् ।
उनले व्यवसायीको माग अनुसार सरकारले कोरोना महामारिको बेलामा लागु गरिएको सो नियम हटाएको बताए । उनले सरकारको यो निणर्य पर्यटन व्यवसायीकालागि एउटा खुसीको कुरा भएको बताए । यसअघि व्यवसायीले यस्तो व्यवस्थालाई निकै झन्झट बेहोर्नुपरेको भनि गुनासो गर्दै आएको जानकारि गराउँदै उनले अहिले सरकारले व्यवसायीको गुनासो सम्बोधन गरेको बताए ।
यसैगरि, सचिव न्यौपानेले विदेशी मुद्रा आर्जन गर्न पर्यटनको ठूलो महत्व हुने भन्दै सरकारले पनि विशेष महत्व दिने बताए । अब पर्यटनका माध्यमबाट हरेक गाउँले लाभ लिनुपर्नेमा जोड दिँदे न्यौपानेले भने, ‘सरकारले पनि यस्तै नीति लिएको छ ।’
विगत तीन वर्षअघि २०७६ सालको चैत महिना लागेदेखि सुरु भएको कोरोना विश्व महामारीसँगै सरकारले नेपाल आउने सबै यात्रुले अनलाइन फारम भर्नुपर्ने नियम ल्याएको थियो । यसले यात्रुको ट्रयाकिङ गर्न सघाउ पुग्ने अपेक्षा गरिएको थियो । तर, कोरोना महामारी फैलिएसँगै ट्रयाकिङ गर्ने काम समेत सफल हुन सकेको थिएन । त्यसैले झन्झट भने कायम रहेको भन्दै व्यवसायीले हटाउन माग गरेका थिए । अहिले व्यवसायीको माग संवोधन गरिदिएको उनको भनाई थियो ।
भिटोफ नेपालको यही साधारण सभासँगै हुने निर्वाचनले भिटोफको आगामी नयाँ नेतृत्व चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।