logo

११ फागुनबाट तारा एयरले सुकिलुम्बा विमानस्थलमा नियमित उडान भर्ने

    1270   पटक पढिएको

४ फागुन/अर्थ र व्यापार –निजी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी ११ फागुनदेखि इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा साताको दुई नियमित उडान भर्ने भएको छ ।
निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आईतबार र बिहिबार काठमाडौँदेखि सुकिलुम्बा नियमित व्यवसायी उडान भर्न लागेको तारा एयरका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार धावनमार्ग कालोपत्रे भई परिक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा सो विमानस्थलमा साताको दुईवटा नियमीत उडान हुन लागेको हो ।
यस विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि २०७५ सालको २१ जेठमा तारा एयरको ट्वीनेटर विमानले परिक्षण उडान गरेको थियो । आगामी ११ फागुनदेखि काठमाडौँबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० बजे नियमित व्यवसायीक उडान गर्ने तालिका तयभएको सो एयरलाइन्सका प्रवक्ता बर्तौलाले जानकारि दिए । काठमाडौँबाट इलाम सम्मको उडान अवधि करिब १ घण्टाको हुने छ । हवाई यात्राको लागि हाल एकतर्फि भाडा ९ हजार रुपैयाँ कायम गरिएको सो एयरलाइनसले जनाएको छ ।
ईलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नेपाल पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकोमा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने अपेक्षा गरिएको बताए । ईलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पयार्¬–¬¬पर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ ।
नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या थप बढ्ने अपेक्षा गरिएको बताए । काठमाडौबाट हवाई यात्राबाट सोझै पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायात झञ्झटीलो र समय लाग्ने भएकाले ताराको यो हवाई सेवा पर्यटककालागि निकै महत्वपूर्ण हुने उनको भनाई छ ।
पर्यटकीय क्षेत्र इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर लगायत एकदमै आर्कषणका केन्द्रहरु हुन् । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित हवाई उडान हुँदा इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसलाई समेत यात्राकालागि थप सहज हुने सो एयरलाइनसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।