logo

११ फागुनबाट तारा एयरले सुकिलुम्बा विमानस्थलमा नियमित उडान भर्ने

    1519   पटक पढिएको

४ फागुन/अर्थ र व्यापार –निजी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी ११ फागुनदेखि इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा साताको दुई नियमित उडान भर्ने भएको छ ।
निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आईतबार र बिहिबार काठमाडौँदेखि सुकिलुम्बा नियमित व्यवसायी उडान भर्न लागेको तारा एयरका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार धावनमार्ग कालोपत्रे भई परिक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा सो विमानस्थलमा साताको दुईवटा नियमीत उडान हुन लागेको हो ।
यस विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि २०७५ सालको २१ जेठमा तारा एयरको ट्वीनेटर विमानले परिक्षण उडान गरेको थियो । आगामी ११ फागुनदेखि काठमाडौँबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० बजे नियमित व्यवसायीक उडान गर्ने तालिका तयभएको सो एयरलाइन्सका प्रवक्ता बर्तौलाले जानकारि दिए । काठमाडौँबाट इलाम सम्मको उडान अवधि करिब १ घण्टाको हुने छ । हवाई यात्राको लागि हाल एकतर्फि भाडा ९ हजार रुपैयाँ कायम गरिएको सो एयरलाइनसले जनाएको छ ।
ईलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नेपाल पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकोमा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने अपेक्षा गरिएको बताए । ईलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ । त्यहाँ पयार्¬–¬¬पर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ ।
नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या थप बढ्ने अपेक्षा गरिएको बताए । काठमाडौबाट हवाई यात्राबाट सोझै पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायात झञ्झटीलो र समय लाग्ने भएकाले ताराको यो हवाई सेवा पर्यटककालागि निकै महत्वपूर्ण हुने उनको भनाई छ ।
पर्यटकीय क्षेत्र इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर लगायत एकदमै आर्कषणका केन्द्रहरु हुन् । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित हवाई उडान हुँदा इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसलाई समेत यात्राकालागि थप सहज हुने सो एयरलाइनसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।