logo

नागरिक उड्डयन प्राधिकरणमा फेरि लफडा ,अदालतको आदेश लिएर कार्यालय पुग्दै क्षेत्री

    1278   पटक पढिएको

२ फागुन/अर्थ र व्यापार – निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री अनिवार्य अवकास पाएको निर्णय सर्वोच्च अदालतबाट छलफल नटुंगिएसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश बोकेर कार्यालय जाने भएका छन् । क्षेत्रीले कार्यालय जाने बताएपछि प्राधिकरणमा फेरि लफडा सुरु भएको छ ।
अहिले प्राधिकरण परिसरमा प्रहरीले पहरा दिएको छ । सरकारले नियुक्त गरेका महानिर्देशक प्रदीप अधिकारी समेत अहिले कार्यालयमै छन् । सेवाबाट अनिवार्य अवकास पाइसकेका व्यक्तिलाई महानिर्देशक मान्न नसकिने भन्दै कार्यालयमा कर्मचारीले गेटमै धर्ना दिएको कर्मचारी युनियनका एक प्रतिनिधिले जानकारी दिए ।
अदालतको पूर्ण आदेश नआएसम्म हामी वर्तमान महानिर्देशकलाई मात्र चिन्ने बताउँदै उनले भने, ‘एउटा पूर्वकर्मचारी जतिबेला पनि प्राधिकरणमा आउन सक्नु हुन्छ, तर दलबलसहित आउन लागेको भन्ने सुनेकाले हामी सचेत बनेका छौं ।’
आइतबार सर्वोच्च अदालतले आगामी ९ फागुनमा दुबै पक्षलाई छलफलका लागि बोलाउँदै क्षेत्रीको अनिवार्य अवकास कार्यान्वयन नगर्न आदेश गरेको थियो । सोही आदेश बोकेर क्षेत्री प्राधिकरण छिर्न खोजेका हुन् ।
निवर्तमान महानिर्देशक क्षेत्रीले अदालतको आदेशअनुसार आफू कार्यालय जान लागेको बताए । उनले प्राधिकरणमा पुगेर आफूले महानिर्देशककै हैसियतमा हाजीर गर्ने क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।