logo

एकैदिन ग्राउण्डेड भयो निगमको दुईवटा विमान, यात्रु व्यवस्थापनमा समस्या

    1294   पटक पढिएको

१४ पुस/अर्थ र व्यापार – मुलुकको राष्ट्रिय ध्जाबहाक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान भर्ने दुईवटा विमान एकैदिन ग्राउण्डेड भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटै विमानमा प्राविधिक समस्या आएपछि मंगलबारदेखि नै निगमको विमान ग्राउण्डेड भएको हो । 
निगमको मंगलबार ९ एन–एकेडब्लु कलसाइनको न्यारोबडी विमान र ९ एन–एलवाई कलसाइनको वाइडबडी विमानमा अकस्मात प्राविधिक समस्या आएर ग्राउण्डेड भएको हो। निगम स्रोतका अनुसार मंगलबार काठमाडौंबाट उडेर कतारको दोहा विमानस्थलमा अवतरण भएलगत्तै निगमको न्यारोबडी विमानको इन्जिनमा समस्या देखिएको थियो । यसैगरि, काठमाडौंबाट जापानको नारिता उडान भर्नकालागि तयार निगमको अर्को वाइडबडी विमानमा विद्युतीय समस्या उत्पन्न भएका कारण विमानस्थलमै ग्राउण्डेड भएको छ ।
निगम स्रोतका अनुसार मंगलबारबाट कतारको दोहामा ग्राउन्डेड भएको न्यारोबडी विमान मर्मतका लागि झन्डै एकसाता लाग्ने छ भने जापानको नारिता उड्ने तयारीमा विग्रिएको वाइडबडी विमान मर्मतकालागि पनि एक÷दुईदिनको समय लाग्ने बताईएको छ ।
कतारको दोहा विमानस्थलमा विग्रिएर अलपत्र परेको निगमको न्यारोबढी विमानको समस्या अलि संवेदनशील रहेको जानकारी गराउँदै निगम स्रोतले भन्यो, ‘ यो विमान अवतरण गरेर टयाक्सीवेबाट पार्किङतर्फ लैजाँदा एकासी फल्ट अलर्ट आएको थियो ।’ यसैगरि, वाइडबडी विमान मर्मतका लागि पनि प्राविधिक चेकजाँचपछि आवस्यक स्पेयर पार्ट्सको अर्डर भइसकेको निगम स्रोतले जनाएको छ । 
एकैदिन अन्तर्राष्ट्रिय उडानमा सञ्चालित दुईवटा विमान विग्रिएर ग्राउन्डेड भएपछि अहिले कम विमान भएको निगमलाई हवाई टिकट खरिद गरेर बसेका र विभिन्न गन्तब्यकालागि विमानस्थल पुगेका यात्रुलाई उनीहरुको यात्रा गन्तब्यसम्म पु¥याउन निकै समस्या पर्ने भएको छ । मंगलबारको उडानमा यात्रा गर्नुपर्ने यात्रुहरुको व्यवस्थापन गर्न होटलमा राख्नुपर्ने बाध्यात्मक अवस्थाले निगमको सञ्चालन खर्च समेत थप बढ्ने छ ।   
दुईवटै विमान एकैपटक विग्रिएको दिन मंगलबार निगमको अन्तर्राीष्ट्रय उडानमा १० वटा उडान तालिका थियो । पछिल्लो समय निगमले काठमाडौ दुबई र दोहा लगायत अन्य दुईवटा गन्तब्यमा मात्रै साताको थप ६ वटा उडान भर्दै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीको क्रममा विग्रिएर ग्राउन्डेड भएको निगमको वाइडबडी विमानमा प्राविधिक समस्या देखिपछि सो विमानका चालकले मंगलबार १०३ जना यात्रु सहितको काठमाडौं–नारिता उडान स्थगित गर्नुपरेको बताएका थिए । निगमको ९ एन–एएलवाई कलसाइनको वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि उडान स्थगित गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारि दिइन् । 
उनले वाइडबढी विमानको उडान भने बुधबार साँझ ४ः०० बजे भर्ने तयारी गरिएको बताइन ।  यो विमानमा सामान्य प्राविधिक समस्या आएसँगै अहिलेसम्म ग्राउण्डेड गराइएको उनले जानकारि दिइन् । 
काठमाडौबाट जापानको नारिता उड्ने तयारीमा रहेको वाइडबडी विमानमा प्राविधिक समस्या देखिएपछि मंगलबार राती १०ः५० बजेको उडान रोकिएपछि निगमले सो विमानका यात्रुलाई तारे होटलमा लगेर राखेको थियो । प्रवक्ता खड्काका अनुसार सोही विमानले नारिताबाट काठमाडौं ल्याउने तयारीमा रहेका एकसय ७३ जना यात्रुलाई पनि त्यहाँको होटलमा लगेर राखिएको थियो । 
यसरी एकैपटक दुईवटा विमानमा यात्रा गर्ने यात्रुहरुलाई होटलमा राख्नुपर्दा निगमको सञ्चालन खर्च थप बढेको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।