logo

खराव मौसमले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

    1468   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार – खराव मौसमका कारण मंगलबार बिहानदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । 
काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर विमान उडान तथा अवतरणकालागि आवस्यक भिजिबिलिटी कम भएका कारण बिहानैदेखि नियमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले मौसम खराबीले आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फका उडान सामान्य प्रभावित भएको जानकारी दिए ।  
विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तर्राष्ट्रिय उडानमा पनि मंगलबार बिहान केही उडान प्रभावित भएको थियो । सो समय विभिन्न मुलुकबाट नेपाल आएका विमानलाई अन्य विमानस्थलतर्फ डाईभर्ट गरिएको थियो ।  बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको विमान डाइभर्ड भएको थियो । बिहान भन्दा दिउँसो भिजिबिलिटीको मात्रा केही बढेको थियो । सो समय विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर रहेको थियो । 
खराब मौसमका कारण आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान भर्नेक्रममा आन्तरिक उडान डिले हुनेगरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । 
उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पु¥याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।  धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको बताईएको छ । पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु÷कुहिरो लागेको छ । चिसो बढेकै कारण मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस मापन गरिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।