logo

सेवा विस्तारमा आक्रामक फड्को मार्दै नेपाल वायुसेवा निगम 

छिटै थप १० गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्ने, ४ विदेशी वायुसेवा कम्पनीसँग सहकार्यको सम्झौता 

    1317   पटक पढिएको

२५ कात्तिक / अर्थ र व्यापार – पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले विभिन्न १० अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने भएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रि प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिटै संसारका विभिन्न १० वटा नयाँ गन्तब्यहरुमा उडान भर्ने निर्णय गरेको हो ।
निगमका अनुसार आगामी केहि दिनमा हाल काठमाडौ उडान भरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु थाई एयरवेजसँगको सहकार्यमा काठमाडौं–बैंकक–सियोल देखि काठमाडौं–बैंकक–सिड्नीसम्मको उडान भर्ने भएको हो । निगमले थाई एयरका साथै अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु अल निप्पोन एयरलाईसन्स, कुवेत एयरलाईसन्स र इमिरेट्स एयरलाईन्ससँग सहकार्य गरि आफुनो अन्तर्राष्ट्रिय उडान विस्तारका लागि सम्झौता गरेको जानकारी दिएको छ । 
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले यस्तो जानकारी गराएकी हुन । उनले निगमले गरेको यस्तो निणर्यबाट अब एक अर्का वायुसेवाहरुको गन्तब्य रुटमा यात्रा गर्ने हवाई यात्रुहरुलाई सेवा प्रदान गर्न थप सहज हुने अपेक्षा गरिएको बताईन । 
निगमले हालै सम्पन्न गरेका सम्झौताहरुबाट यूरोपका विभिन्न शहरहरु, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र वहराइनमा यस प्रकारको सेवा प्रदान गर्न सकिने उनको भनाई छ । उनले सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी भएको यस्तो सम्झौता मार्फत अब काठमाडौबाट विभिन्न गन्तब्यमा यात्रा यर्ने यात्रुलाई थप सहजता हुने बताइन् ।  
यसले आगामी दिनमा निगमलाई थप आयआर्जन हुनकोसाथै अन्तर्राष्ट्रिय बजारमा निगमको शाख अभिवृद्धि हुने दावी गर्दै निगमकी प्रवक्ता श्रेष्ठले भनिन, ‘ निगमको केन्द्रिय कार्यालय तथा ट्राभल एजेन्सीहरु मार्फत अब यस प्रकारका टिकटहरु सहजै प्राप्त गर्न सकिने छ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।