logo

विमानको यान्त्रिक अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

    1334   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार– आकासमा उडेको विमानमा पटकपटक समस्या देखिएर हवाई यात्रुले अनावश्यक सास्ती भोग्नुपरेको र दुर्घटना हुन सक्ने जोखिम बढ्न थालेपछि सरकारले मुलुकमा सञ्चालनमा रहेका विभिन्न कम्पनीका विमानको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित समितिले अब नेपालमा सञ्चालन हुने सबै वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
सरकारद्वारा गठित यस समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्यसचिव रहेका छन् ।
यो समितिले (अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने जिम्मेवारी पाएको छ । यसैगरी, वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएको बारेमा पनि समितिले परीक्षण गर्नेछ । त्यसैगरी, नियमित उडान सञ्चालन गर्नुभन्दा अघि र विमान पार्किङमा राखिँदै आएको अवस्थाको बारेमा पनि यस समितिले जानकारी लिने उनले बताए । 
नेपाल नागरिक उड्डयन प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाई सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव पनि दिने मन्त्रालयको भनाइ छ । यो कामका लागि समितिलाई आगामी तीन महिनाको समय दिइएको छ । सरकारले यस्तो परीक्षणपछि मापदण्ड पालना नभएको पाइए त्यस्तो विमान तत्काल ग्राउन्डेड गर्नेछ । मापदण्ड पूरा गरेपछि मात्र चलाउन पाइने गरी विमानहरू ग्राउन्डेड गरिने मन्त्रालयको भनाइ छ ।
हाल नेपालमा सञ्चालित आन्तरिक वायुसेवा कम्पनीका हवाईजहाज र हेलिकोप्टरमा पटकपटक यस्तो समस्या देखिएका भन्दै सरकारले वायुयानहरूको अध्ययन गर्न समिति बनाएको हो ।
गत सोमबार मात्र बुद्ध एयरको दुईवटा विमानको ल्याडिङ गियरसँग सम्बन्धित समस्या देखिएका कारण काठमाडौंबाट विराटनगर विमानस्थलका लागि उडेको विमान त्यहाँ पुगेर पनि पुनः काठमाडौं नै फर्काइएर आपतकालीन अवतरण गर्नुपरेको थियो थियो । तर, बुद्ध एरका पाइलटको कुशलताले मात्र सो विमानलाई सकुशल अवतरण गराइएको थियो भने ठूलो मानवीय क्षति हुनबाट बचेको थियो । 
अब सरकारले गठन गरेको यस्तो समितिले मुलुकको हवाई क्षेत्रको प्रभावकारिता तथा विश्वसनीयता बढाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।