logo

नेपाल सुरक्षित रहेको ‘ट्राभल एडभाइजरी’ जारी गर्न पर्यटन व्यवसायीको माग

    1278   पटक पढिएको

२८ भाद्र / अर्थ र व्यापार–  पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरुले नेपाल सुरक्षित रहेको सम्बन्धमा सरकारले औपचारिक ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने माग राखेका छन् । अधिकांश पर्यटन व्यवसायी, कर्मचारी र मुख्य गन्तव्यका स्थानीयले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेकाले यसबारे सकारात्मक सन्देश फैलाउन ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने उनीहरुको माग छ ।पर्यटन उद्योगका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको भेलाले यस्तो माग गर्ने निर्णय गरेको हो ।

भेलाले पूर्ण खोप लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने पर्यटकलाई विना क्वारेन्टाइन प्रवेश र सहज यात्राको वातावरण निर्माण गर्न समेत माग गरेका छन् । यसैगरि, उनीहरुले अनअराइभल भिसा खुला गर्न समेत सरकारसँग जोडदार माग गरेका छन् ।
व्यवसायीहरुका अनुसार कोरोना महामारी र त्यसको नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीले ठूलो मार पर्यटन उद्योगमा परेको छ । होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ्, एअरलाइन्स, यातायात, हस्तकला तथा उपहार सामग्री, रेस्टुरेन्ट जस्ता पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा हुने अर्बौंको आय गुमेको समेत व्यवसायीको भनाइ छ ।
सन् २०१९को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशतले गिरावट आएको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सिर्जित करिब १० लाख जनशक्तिको रोजगार संकटमा छ । 
४ खर्ब भन्दा बढीको बैंक तथा वित्तीय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा रहेको समेत व्यवसायीको भनाइ छ । करिब २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसाय फेरि कहिल्यै पुनर्जीवित नहुने गरी बन्द भएको समेत व्यवसायीको तथ्यांक छ । छिट्टै पुनरुत्थानका उपाय नखोजे यो दर झनै बढ्ने उनीहरुको भनाई छ । सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका महत्वपूर्ण क्षेत्रका लागि एक सुरक्षा प्रोटोकल सार्वजनिक भइरहेको सन्दर्भमा अब आवागमन सहज बनाउन व्यवसायीले सरकारसंग यस्तो माग गरेका हुन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।