logo

पर्यटन क्षेत्रमा उत्साह, भित्रिए १० लाख पर्यटक

    1681   पटक पढिएको

 

२५ पुस / अर्थ र व्यापार - काठमाडौं । १९ वर्षअघि नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा सरकारी लक्ष्य थियो, १० लाख पर्यटक भित्र्र्याउने । सन् १९९८ को सपना २०१७ मा आएर मात्र पूरा भएको छ । अर्थात्, सन् २०१७ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी डिसेम्बर २०१७ मा १० लाख ६० हजार विदेशी नागरिकले नेपाल भ्रमण गरेको प्रारम्भिक तथ्यांक छ ।

सन् १९९८ मा चार लाख ६३ हजार पर्यटक मात्रै आएका थिए । १० लाख विदेशीलाई नेपाल घुमाउने कुरा त्यतिबेलाका लागि सपना मात्र थियो । सन् २०१६ मा पनि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सन् २०१८ मा मात्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सन् २०१८ लाई ‘भिजिट नेपाल इयर’का रुपमा मनाउने घोषणा सोही सरकारले गरेको थियो ।

पर्यटन व्यवसायीहरुले उक्त संख्या अपुग भएको बताउँदै आपत्ति जनाएका थिए । सोही कारण सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई ‘भिजिट नेपाल इयर’का रुपमा मनाउने घोषणा गरेको छ । तथापि, सन् २०१८ को लक्ष्य वर्ष्दिनअघि नै पूरा भइसकेको छ । पर्यटक आगमनमा अहिलेसम्मको रेकर्ड तोडिएको छ । त्यस्तो रेकर्ड यसअघि सन् २०१२ ले बनाएको थियो, जतिबेला आठ लाख तीन हजार पर्यटक आएका थिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीका अनुसार त्रिभुवन विमानस्थल हुँदै आठ लाख ७० हजार पर्यटक भित्रिएका छन् । भैरहवा नाकाबाट डेढ लाख र रसुवागढीबाट ३२ हजार पर्यटक आएको तथ्यांक छ । यस्तै, झापाको काँकडभिट्टाबाट सात हजार पर्यटक नेपाल प्रवेश गरेका छन् । ‘वर्षौंअघि देखेको सपना पूरा भएको छ,’ सीईओ जोशी भन्छन्, ‘आगामी दिनमा पर्यटक अझ बढाउन पहल गर्नेछौं ।’ अन्य कुनै अवरोध नभए सन् २०१८ मा १२ लाख २४ हजार पर्यटकले नेपाल भ्रमण गर्ने व्यवसायीहरुको आकलन छ । अहिले १६ लाख पर्यटक धान्ने अक्युपेन्सी क्षमता तयार भइसकेको होटेल एसोसिएसन नेपाल (हान)का महासचिव विनायक शाह बताउँछन् । त्यसबाहेक मुलुकभर खुलेका होमस्टेमा पनि पर्यटकलाई राख्न सकिन्छ ।

शाहका अनुसार देशभरमा १० वटा पाँचतारे होटल सञ्चालनमा छन् । चारतारे दुई, तीनतारे १२, दुईतारे २२, एकतारे १८ र तारारहित एक सय ६५ वटा छन् । पर्यटकस्तरका अन्य होटेल भने ६ सय २५ वटा छन् । र, दुई सय २६ वटा होमस्टे सञ्चालनमा छन् । सबैमा गरी २२ हजार ६ सय ६१ वटा कोठा छन् । अहिले भित्रिएको संख्या नेपाली पर्यटनका लागि अपुग रहेको शाह बताउँछन् । ‘१० लाख आएकामा खुशी त हुनुर्पयो तर यसले मात्रै पुग्दैन,’ उनी भन्छन्, ‘यो संख्या पनि हाम्रा लागि थोरै हो । र, गुणस्तरीय पर्यटकको आगमन बढाउनु मुख्य कुरा हो ।’

जस्तो भुटानमा बर्से्नि डेढ लाख पर्यटक भित्रिए पनि त्यसबाट हुने आम्दानी नेपालको भन्दा ठूलो हुने गर्छ । ‘संख्या बढाउने मात्रै होइन, अब हामीले गुणस्तरीय पर्यटक भित्र्याउनेतिर पनि ध्यान दिनु र्पयो,’ शाह भन्छन् । १२ वैशाख ०७२ को विनासकारी भूकम्पले थला परेको एक मुख्य क्षेत्र थियो, पर्यटन । विदेशी नागरिकको नेपाल भ्रमण यही गतिमा रहे भूकम्पको पीडाबाट छिट्टै बाहिरिने लक्षण भने देखिएको छ । तर, त्यसका लागि अझै पनि पूर्वाधार विकासको नाजुक अवस्थामा सुधार ल्याउन जरुरी देखिएको छ । मुलुकभरका सडक लथालिंग छन् । एक मात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको विस्तार परियोजनाले उल्लेख्य प्रगति हासिल गरेको छैन । राजधानी काठमाडौंकै लाइफ लाइन मानिएको नारायणगढ मुग्लिन सडक विस्तार अझै पूरा भएको छैन ।

पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण अपेक्षाकृत द्रुत गतिमा छैन । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण त एकादेशको कथाझैं बनेको छ । ‘तथापि, १० लाखको सीमामा खुम्चेर बस्नु हुँदैन,’ नेपाल ट्राभल एन्ड टुरका अध्यक्ष मधुसुदन आचार्य भन्छन्, ‘२५ लाख भित्र्याउने अबको लक्ष्य हुनु पर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।