logo

ट्वीटरको शेयरमूल्य १७ प्रतिशतले बढ्यो

    1619   पटक पढिएको

११ बैशाख /अर्थ र व्यापार - ट्वीटरको शेयर मूल्य १७ प्रतिशतभन्दा धेरैले बढेको छ । गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा ट्वीटरको आम्दानी १८ प्रतिशतले बढेर ७८ करोड ७० लाख डलर पुगेको छ ।

त्यसैगरी दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ११ प्रतिशतले बढेर १३ करोड ४० लाख  पुगेको छ ।ट्वीटरका अध्यक्षले अनलाइन दुरुपयोग रोक्ने तरिकामा सुधार गर्ने वाचा गरेसँगै यसका प्रयोकर्ताहरुको संख्यामा वृद्धि भएको बताइएको छ । ट्वीटरले अनुमान गरेभन्दा बढी आम्दानी भएको तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले मासिक प्रयोगकर्ता पनि अनुमानभन्दा बढेको बताएको छ । यसअघि विश्लेषकहरूले ट्वीटरको नाफा ७७ करोड ६१ लाख डलर पुग्ने अनुमान गरेका थिए ।

ट्वीटरका संस्थापक ज्याक डोर्सीले ट्वीटरको डिजाइनले आक्रोशलाई प्रोत्साहन गरेको भन्दै पछुतो महसुस भएको बताएका थिए । उनले गत हप्ता भएको एउटा व्यापार सम्मेलनमा साइटलाई अधिक क्रियाशील बनाउन र दुरुपयोग तथा गलत सूचना प्रवाहलाई रोक्नका लागि साइट सञ्चालनमा परिवर्तन गर्ने बताएका थिए ।

डोर्सीको उक्त घोषणासँगै ट्वीटरको शेयर मूल्यमा वृद्धि भएको बताइएको छ । योसँगै उसको बजार पूँजीकरणमा २ अर्ब ७० करोड डलर थपिएको छ । उसको समग्र बजार पूँजीकरण २९ अर्ब डलर पुगेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा सक्रिय मासिक प्रयोगकर्ता ३३ करोड पुगेका छन् । यो संख्या ३१ करोड ८० लाख पुग्ने अनुमान थियो ।

गत वर्ष ट्वीटरका मासिक प्रयोगकर्ताको संख्या ३३ करोड ६० लाखबाट घटेर ३२ करोड १० लाखमा झरेको थियो । ट्वीटरले अपमानजनक र नक्कली खाताको शुद्ध्ीकरणका कारण प्रयोगकर्ताहरुको संख्या घटेको बताएको थियो 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।