logo

फेसबुक पुरै बदलिएको कम्पनी भएको मार्क जुकरबर्गको दाबी

    1851   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार - डेटा लिकमा पटकपटक आलोचना झेलिरहेको फेसबुकका संस्थापक सीईओ मार्क जुकरवर्गले फेसबुकमा देखिइरहेको समस्या समाधानका लागि अझै एक वर्षभन्दा बढी समय लाग्नसक्ने बताएका छन् । उनले भने चुनावमा सोसल मिडियाको माध्यमबाट हस्तक्षेप जस्तो समस्या त कहिल्यै पनि पूर्ण रुपमा समाप्त हुनै सक्दैन ।

जुकरबर्गले एउटा ब्लग पोष्टमा उक्त कुरा बताएका हुन् । यूरोपदेखि अमेरिकासम्म पटक–पटक डेटा लिकको खबर सार्वजनिक भएपछि जुकरबर्गले कयौँ पटक यस मुद्दामा माफी पनि मागेका थिए । उनले फेसबुक अब पूरै बदलिएको कम्पनी भएको दाबी गरेका छन् । उनले भने, फेसबुकका समस्यालाई लिएर कम्पनी अति सक्रिय (प्रोएक्टिभ) दृष्टिकोण राख्नेछ । यसका लागि हामीले आफ्नो डीएनए मौलिक रुपमा बदलिदिएका छौं ।

उनले कम्पनीद्धारा उठाइएको केही कदमको पनि जानकारी दिए । आतङ्कवादसँग जोडिएका ९९ प्रतिशत कन्टेन्ट कसैले उजुरी गर्नभन्दा पहिले नै फेसबुक आफैँले हटाइदिन्छ । गलत सुचना, घृणा फैलाउने काम, चुनावमा हस्तक्षेप र गलत सूचना फैलाउनका लागि सबैभन्दा ठूलो सोसल मिडिया प्लेटफर्म फेसबुकको दुरुपयोग गरिएको कुरा जुकरबर्गले स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।