logo

साउनदेखि इन्टरनेट तथा दुरसंचार सेवाको शुल्क बढ्ने

    2129   पटक पढिएको


१३ आषाढ/अर्थ र व्यापार –सरकारले आउँदो साउन १ गतेदेखि दुरसंचार सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि सेवाप्रदायाकहरुले शुल्क बढाउने तयारी गरेका छन्।
सरकारले आगामी वर्षदेखि इन्टरनेट तथा दुरसंचार सेवामा सेवा शुल्क लगाउने भन्दै आर्थिक विध्येकमा व्यवस्था गरेको छ। 
कर थप गरेपछि सेवाप्रदायकहरुले त्यसको भार उपभोक्तालाई बोकाउनेगरी हालको शुल्कमा सोही दरले बढाउने तयारी गरेका छन्। सरकारले कर बढाएको र शुल्क भन्दा पनि त्यही करलाई अहिलेको मूल्यमा थप गरिने सेवाप्रदायकहरुले जानकारी जानकारी दिए। निजी देखि सरकारी स्वामित्वको नेपाल टेलिकमले शुल्क बढाउने आन्तरिक तयारीमा छन्।
यसअघि भ्वाइस कलमा यस्तो शुल्क ४ प्रतिशत मात्र लाग्थ्यो अवदेखि उक्त दर बढेर १३ भएको छ भने दायरा विस्तार भएर इन्टरनेट सेवाप्रदायकले पनि यही तिर्नुपर्ने छ।
इन्टरनेट सेवाप्रदायकहरुको कर्पोरेट ट्याक्स पनि बढेको, सेवा शुल्क पनि लगाएकोले शुल्क १३ प्रतिशत बढ्नसक्ने सेवा प्रदायकहरुको भनाइ छ।
व्यवासयीहरुले सरकारसँग सेवा शुल्क नलगाउन आग्रह पनि गरेका थिए। उनीहरुले प्रविधिको पहुँच सबैतिर विस्तार गर्न अझै सस्तो बनाउनुपर्ने समयमा उल्टो कर लगाएर मूल्य बढाउँदा डिजिटल गभर्ननेन्सको लक्ष्य पुरा नहुने अर्थमन्त्रीसमक्ष धारणा राखेका थिए।
तर अर्थमन्त्रीले सेवाको दायरा विस्तार गरेर देशव्यापी बनाउन पूर्वाधार निर्माण गर्न सरकारले सहयोग गर्ने तर लगाएको शुल्क फिर्ता नहुने जवाफ दिएका थिए। उनले दुरसंचारको समिकरण फेरिएर अहिले इन्टरनेटमा आधारित सेवा बढीरहेको समयमा विगतको जस्तै शुल्क नै नलगाउने अवस्था अब नरहेको जवाफ दिएका थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।