logo

रक्सौल–काठमाडौं रेलमार्ग ब्रोड गेजमा निर्माण हुने

    1887   पटक पढिएको

२ पुस /अर्थ र व्यापार   - रक्सौल–काठमाडौं रेलमार्ग ब्रोड गेजमा निर्माण गर्न लागिएको छ । नेपाल र भारत सरकारका बीचमा द्धिपीक्षीय सम्झौता भएर ब्रोड गेज निर्माण गर्न लागिएको हो । 

रेल विभागका महानिर्देशक बलराम मिश्रले प्रारम्भिक फेजमा सर्भे गर्ने काम भैरहेकाले पुन सहमति गरेर मात्रै निर्माण कार्य अघि बढ्ने बताए । उनले भारतलाई  स्ट्याण्डर्ड गेजमा नै रेलमार्ग निर्माण गर्नका लागि आग्रह गर्न लागिएको जानकारी दिए ।
खासगरी अहिले विश्वमा दुई प्रकारका रेल प्रविधि संचालनमा रहेका छन् । स्ट्याण्डर्ड गेज र ब्रोड गेज । न्यारो गेज अहिले संसारबाट लगभग हटिसक्यो । कतैकतै ब्रोड गेज र स्ट्याण्डर्ड गेज प्रविधि मिलाएर मिश्रित रुपमा रेल संचालन गरेको पाइन्छ । यो सबैभन्दा महङगो प्रविधि हो ।

भारतीय प्रणालीभित्र ब्रोड गेज रेल संचालनमा रहेका छन् । अहिले रेल संचालन गरिरहेका अधिकांश देशहरुले आफुलाई स्टयाण्डर्ड गेजमा रुपान्तरण गरिसकेका छन् । जति पनि संसारमा हाइस्पिडका रेलहरु संचालनमा रहेका छन् ती सबै स्टयाण्डर्ड गेजमा डिजाइन भएका छन् । जसलाई  एडभान्स गेज पनि भन्ने गरेको पाइन्छ ।

उच्च गतिको रेलमार्ग भएका चीन, जापान, अमेरिका लगायतका देशहरुमा स्टयाण्डर्ड गेज रहेका छन् । व्यापारिक र प्राविधिक हिसावले स्ट्याण्डर्ड गेज नै उत्कृष्ट हुने अन्तराष्ट्रिय अध्ययन र अनुभवहरुले देखाएका छन् । हाम्रो जस्तो पहाडी मुलुकमा स्टयाण्डर्ड गेज उपयुक्त हुने रेल विभागक एक इन्जिनियरले जानकारी दिए । ती इन्जिनियरका अनुसार स्टयाण्डर्ड गेजको रेल उकालो र ओरालोमा संचालन गर्न तुलनात्मक रुपमा सहज मानिन्छ ।

अहिलेसम्म डिजाइन भएको ब्रोड गेजको गति १ सय किलोमिटर प्रतिघण्टा मात्रै रहेको पाइन्छ । त्यसभन्दा बढी गतिमा जान खोजे ब्रेकदेखि अन्य सुरक्षाका समस्याहरु आइपर्न सक्छ । भारतमा अहिले एक्सप्रेस वे भनिएका ब्रोड गेज रेलको गति औसतमा ५० देखि १०० किमी मात्रै रहेको छ । स्ट्याण्डर्ड गेजमा रेलको गति ३ सय ५० किमी प्रतिघण्टा सहजै स्पिड कायम गर्न सकिन्छ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौल–काठमाडौ विद्युतीय रेलमार्ग बनाउने सहमति भएको थियो । त्यसको लगत्तै भारतीय परामर्शदाता कम्पनी कोंकणले सर्भे सुरु गरेको हो । विरगंज काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि रेल विभागले परामर्शदाता कम्पनीहरुसँग नेगोसिएसन गरिरहेको थियो । भारत सरकारसँग रक्सौल–काठमाडौं रेलमार्ग निर्माण गर्ने समझदारी भएपछि रेल विभागले यसलाई रोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।