logo

नेपाली बजारमा विद्युतिय गाडी निसान लिफ सार्वजनिक, मूल्य ५९ लाख ९९ हजार रुपैयाँ

    1648   पटक पढिएको


२४ असार/अर्थ र व्यापार– नेपालका लागि निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा विद्युतीय कार निसान लिफ सार्वजनिक गरेको छ । बुधबारबाट गाडीको बुकिङ समेत खुलेको छ ।

आधिकारीक वितरक पायोनियर मोटोकर्पले बुधबार विद्युतीय कार निसान लिफको भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गरेको हो । नेपाली वजारमा ‘बोल्ड प्रिमियम लुक्स’ र अत्याधुनिक फिचरका साथ निसान लिफ नेपाली बजारमा आएको हो ।

निसान ब्राण्डको फ्लेगसिप र सतप्रतिशत विद्युतीय कार अल न्यु निसान लिफमा उत्कृष्ट पर्फमेन्स, स्मार्ट र इन्टेलिजेन्ट ड्राभिङ अनि शून्य कार्बन उत्सर्जन क्षमता भएको कम्पनीले बताएको छ ।

पाँच सिटको ह्याचब्याक कार निसान अत्याधुनिक, उर्जा दक्षता र एरोडाइनमिक डिजाइनयुक्त निसान लिफको एक्सटेरियर लुक्सले बलियो ब्राण्डको झलक दिन्छ । निसान लिफ इन्टेलिजेन्ट ड्राइभिङ, पावर र इन्टिग्रेसनको उदाहरणीय समायोजन रहेको कम्पनीले बताएको ।

सतप्रतिशत विद्युतीय र शून्य कार्बन उत्सर्जनको मूल उद्देश्य बोकेका निसान लिफको चार्जिङ सुविधा काठमाडौंमा निसानको हरेक डिलरसिपमा उपलब्ध छ । यसमा ८ वर्षको ब्याट्री र १ लाख ६० हजार किलोमिटर दूरीको ग्यारेन्टी छ ।

यसको स्ट्याण्डर्ड मोडलमा १४७ हर्सपावरको विद्युतीय मोटर र ४० किलोवाटको ब्याट्री छ । यसले प्रतिघण्टा १४४ किलोमिटरको दूरी तय गर्दछ । एक पटकको फूल चार्जमा यो गाडी ३११ किलोमिटरसम्म चल्न सक्छ ।

निसान लिफले १४८ बीएचपीको पावर र ३२० एनएमको टर्क दिन्छ । गाडीभित्र रहेको ७ इन्चको कलरफूल कस्टमाएबल एमोलेड डिस्प्लेमा पावर मिटर, चार्ज टाइम, र इन्फोटेन्मेन्ट जस्ता उपकरण राखिएका छन् । सी सेग्मेन्टका इन्धनबाट सञ्चालन हुने कारको तुलनामा यो ३० प्रतिशत कम नै शान्त छ ।

यस गाडीमा भएको इपेडल प्रविधिका कारण एउटा पेडलबाटै चलाउन सकिन्छ । एउटै पेडलले ब्रेक र एक्सिलेरेटरको काम गर्दछ । इलेक्ट्रिक एक्सिलेन्सको स्वाद पस्कने निसान लिफको मूल्य भने ५९ लाख ९९ हजार नेपाली रुपैयाँ रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।