logo

स्काइपी थप फिचर्सको साथ नयाँ भर्सनमा सार्वजनिक

    2152   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-
जुन महिनाको सुरुमा माइक्रोसफ्टले स्काइपीको नयाँ भर्सन ल्याउने घोषणा गरेको थियो । आफ्नो उक्त घोषणालाई पूरा गर्दै अन्ततः माइक्रोसफ्टले एन्ड्रोइडमा स्काइपीको नयाँ भर्सन ८.० पेश गरेको छ ।

स्काइपी ८.० एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यो अपडेट सुरुमा एन्ड्रोइड स्मार्टफोनमा मात्रै उपलब्ध छ । केही पछि आइओएस, विन्डोज तथा म्याकमा समेत स्काइपको नयाँ भर्सन लञ्च गर्ने माइक्रोसफ्टको तयारी छ ।

स्काइपीको नयाँ भर्सन हेर्दा माइक्रोसफ्टले ह्वाट्सएप, इन्स्टाग्राम तथा स्न्यापच्याटलाई टक्कर दिनका लागि निकै मेहेनत गरेको देखिन्छ ।

नयाँ अपडेटमा स्काइपी एपमा तिनवटा ट्याब देखा पर्दछन् । यसमा ‘च्याट्स’, ‘क्याप्चर’ तथा ‘फाइन्ड’ ट्याब रहेका छन् । स्काइपीको ग्रुप च्याटलाई रि डिजाइन गरी पहिले भन्दा धेरै एक्सप्रेसिभ बनाएको छ । अब स्काइपीको ब्याकग्राउण्डलाई आफ्नो मनपर्ने रङमा बदल्न सकिनेछ ।

स्काइपीको पछिल्लो भर्सनको सहायताले आफ्ना खास पलहरु एकसाथ शेयर गर्नका लागि अनगिन्ती अप्सनहरु हुनेछ् । साथै च्याटका हरेक मेसेजमा रिएक्ट पनि गर्न सकिन्छ । यतिमात्र होइन, यो नयाँ अपडेटसँगै अब भिडियो कलिङका दौरान पनि रिएक्ट गर्न र एपको च्याट ट्याबबाट यी सबै गर्न सकिनेछ ।

स्काइपीमा यो सँगै एउटा नयाँ हाइलाइट ट्याब पनि जोडिएको छ । हाइलाइट ट्याबको माध्यमबाट फोटो तथा भिडियोबाट हाइलाइट रिल बनाएर त्यसलाई कन्ट्याक्ट लिस्टमा भएको मानिसहरुसँग शेयर गर्न सकिनेछ ।

साथै स्काइपीमा नयाँ फिचर ‘फाइन्ड’ पनि थप भएको छ । यसको सहयोगले वेबको कुनैपनि सामाग्रीलाई खोज्न सकिनेछ । जसमा जिआइएफ लगायतका चिजहरु खोजेर च्याटमा अट्याच गर्न पनि सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।