logo

मानव बेचबिखन नियन्त्रणका लागि ‘खोजी’ एप्सको सुरुवात

    1665   पटक पढिएको


९ पुष / अर्थ र व्यापार - काठमाडौं। बढ्दो बालबलिका तथा चेलिवेटी बेचबिखन न्यूनिकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ ।
शुक्रबार माइती नेपालले ‘खोजी’ एप्सको सुरुवात गरेको छ । वर्षेनी ५ हजारदेखि १० हजार महिला तथा बालबालिका नेपालबाट बेचबिखनमा पर्ने समस्या रोक्न यस एप्सले सहयोग गर्ने विश्वास माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको छ । कोइरालाले शुक्रबार खोजी एप्सबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा माइती नेपालका देशभरिका १४ स्थानमा रहेको ट्रान्जिट होमबाट एप्स कार्यन्वयनमा ल्याइसकेको बताइन् ।
‘जोखिममा परेका चेलिबेटी तथा बालबालिकाहरूको खोजी तथा उद्धार कार्य गर्न र जोखिममा पर्न नदिने एप्स कार्यान्वयनमा ल्याएका छौं,’ अध्यक्ष कोइरालाले भनिन्ाँ् ‘समयको परिवर्तन साथै हामीले प्रविधिको प्रयोगबाट खोज एप्सको सहायताले बेचबिखनमा पर्नेलाई रोक्न सहयोग मिल्छ,’ उनले थपिन् , ‘अब पुलिस अगाडि र चोर पछाडि हिँड्छ ।’
माइती नेपालको केन्द्रिय कार्यालयमा एउटा एप्स जडान गरिने र बाँकी नेपालका विभिन्न नाकामा रहेको १४ वटा ट्रान्जिट होमका ३० सीमा निगरानीकर्तालाई एन्ड्रोइड मोबाइलको सहयोगमा खोजी एप्स डाउनलोड गरिने छ ।
‘चेलिबेटी तथा बालबालिका हराएपछि परिवारका सदस्यहरुले माइती नेपालमा फोटोसहितको निवेदन दिएका हुन्छन् । त्यही आधारमा माइती नेपालले आफ्नो सर्वरको डाटाबेसमा गोप्य सूचनाहरू सुरक्षित राख्छ,’ माइती नेपालका निर्देशक विश्वराम खड्काले नागरिकसँग भने, ‘नाकामा तैनाथ निगरानीकर्ताहरूसँग स्मार्ट मोवाइलमा भएको खोजी एप्सले सिमा काट्ने, वेवारिसे, अलपत्र तथा शंकास्पद अवस्थामा रहेकाको फोटो खिच्नसाथ केन्द्रको डाटाबेसमा अपलोड हुन्छ । निगरानीकर्ताले दिएको सूचना हाम्रो डाटाबेसमा रहेको सूचनासँग मेल  खाए÷नखाएको पत्ता लगाइ हराएको व्यक्ति पत्ता लगाउन र चोर समात्ने काममा यसले सघाउ पु¥याउँछ ।’
अमेरिकी आइटी कम्पनीका सदस्य समीर पन्थीले अमेरिकामा उनको कम्पनीले रेप किट बनाएर प्रयोगमा ल्याउँदा सकरात्मक उपलब्धी मिलेको बताउँदै उनले आपूm नेपाली भएको नाताले यहाँ वृद्धि भइरहेको चेलिवेटी बेचबिखन र बाबालिका बेचबिखनलाई न्यूनीकरण गर्न एप्स बनाएको बताए । अमेरिकाको ‘नाउ इट’ र भारतको ‘फेस टागर’ आइटी कम्पनीको सहयोगमा सो अप्स बनाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।