logo

बार्षिकोत्सबको अवसरमा नेपाल टेलिकमको अफरहरु सार्वजनिक, एमपिओएसबाट रिचार्ज गर्दा ५ प्रतिशत बोनस  

    2258   पटक पढिएको

२२ माघ/ अर्थ र व्यापार - नेपाल टेलिकमले आफ्नो १५औं बार्षिकोत्सबको अवसरका विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । मोवाइल पोइन्ट अफ सेल्स अर्थात एमपिओएसबाट टेलिकमका सेवाहरुमा रिचार्ज तथा भुक्तानी गरेमा ग्राहकहरुले पाँच प्रतिशत बोनस पाउने भएका छन् । टेलिकमले रिचार्ज तथा भुक्तानी सहज बनाउनका लागि एमपिओएस सिम वितरण गर्दै आएको छ । मोवाइल, ल्याण्डलाइन, इन्टरनेट, सिडिएमए फोन लगायतका टेलिकमका विभिन्न सेवाहरुमा भुक्तानी सहज बनाउने उदेश्यले टेलिकमले विभिन्न फर्म तथा पसलहरुलाई एमपिओएस सिम वितरण गर्दै आएको छ । एमपिओएस सिमलाई कहिकतै मास्टर सिम भनेर पनि चिनिन्छ । बैंक तथा अनलाइन भुक्तानी गर्न मिल्ने विभिन्न माध्यमहरुको विकाससँगै एमपिओएस सुविधाको प्रयोगमा कमि आएपछि टेलिकमले यसलाई प्रोत्साहन गर्नका लागि बोनस योजना ल्याएको हो । यो योजना ६ महिनासम्म कायम रहने टेलिकमले जनाएको छ ।

यसैगरि टेलिकमले आजैदेखि फागुन २२ गतेसम्म नेपाल टेलिकमको एप डाउनलोड तथा रजिष्टेशनमा निशुल्क १० एमबी डाटा उपलब्ध गराउने जनाएको छ । यही अवसरमा जिएसएम पोष्टपेड ग्राहकलाई ९०० को प्याकेजमा प्रतिमहिना २ जिबी डाटा र ५०० को निशुल्क बोनस दिँदै आएकोमा अब प्रति महिना अल टाईम डाटा ३.३ जिबी र ५०० को निशुल्क रिसोर्स उपलब्ध गराउने जनाएको छ ।

भोलिदेखि फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ जिएसएम पोष्टपेट मोबाइलका ग्राहकलाई तीन महिनासम्म प्रति महिना अल टाईम डाटा १ जिबी र १०० मिनेट अल टाइम भ्वाईस बोनस उपलब्ध गराउने जनाएको छ । टेलिकमका अनुसार टुरिष्ट प्याकेज अन्तर्गत ५०० मा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस ५० एसएमएस तथा १०० रुपैयाँको अन्तराष्ट्रय कमल समेत गर्न सकिने अवसर रहेको छ । यसैगरी १००० मा १० जिबी डाटा र टेलिकमको नेटवर्कमा १० मिनेट भ्वाईस र १०० एसएमएस तथा २०० को अन्तराष्ट्रिय कल समेत गर्न सकिने अफर रहेको छ ।
टेलिकमले आजदेखि ९० दिनका लागि दैनिक, साप्ताहिक र मासिक चाईना कल प्याकेज अन्तर्गत क्रमशः ३० रुपैयाँमा १० मिनेट, १५० मा ४५ मिनेट र पाँच सय रुपैयाँमा १६५ मिनेट उपलब्ध गराउने जनाएको छ ।

टेलिकमले वार्षिकोत्सवको अवसरमा २०७४ असार मसान्तसम्म बक्यौता तिर्न बाँकी रहेका सर्वसाधारणले आगामी असार मसान्तसम्म तिरेमा सबै जरिवाना मिनाहा गर्ने जनाएको छ । एफटिटिएच माईग्रेसन योजना अन्तर्गत एक वर्षदेखि नियमीत एडिएसएल सेवा लिएका ग्राहक तथा ३ महिनाको उक्त प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटिटिएच सिपीई निशुल्क उपलब्ध गराउने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
उनले नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुबाट प्रयोग भइरहेको जिएसएम र सिडीएमए मोबाईलमा ५०, २०० र ३०० रुपैयाँको अलटाइम डाटा प्याकेज खरिदमा शत प्रतिशत बोनस र २०० को अल टाइम भ्वाईस म्याकेज खरिदमा ५० प्रतिशत बोनस दिने जनाए । यो योजना ९० दिनका लागि लागु हुने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।