logo

एनसेलको ‘एनसेल सुपर सेलर’ योजना १० महिना सम्म सञ्चालन हुने

    2029   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार - एनसेल प्रालिले देशभरी रहेका खुद्रा बिक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत खुद्रा बिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहार जित्न सक्छन् ।योजना चैत १ गतेबाट लागु भएको उक्त योजना १० महिनासम्म सञ्चालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फन्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नुपर्छ ।

यस योजनाअन्तर्गत खुद्रा बिक्रेताले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमा आफूलाई सहभागी गराई उपहार पाउन सक्छन् । बम्पर उपहार बाहेक खुद्रा बिक्रेताले निश्चित अंक संकलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टिभी, एयर कन्डिसनर, आईप्याड, इलेक्ट्रिक ट्रेडमिल, वासिङ मेसिन र ल्यापटप लगायतका विभिन्न उपहार जित्न सक्नेछन् ।

‘एनसेल सुपर सेलर’ योजना लागू भएको छ महिनापश्चात खुद्रा बिक्रेताले आफूले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्नेछन् । यस योजनामा सहभागिता जनाउनका लागि खुद्रा बिक्रेताहरुले रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एप बाट खरिद गरेको हुनुपर्नेछ ।

यस योजनाको चार समूहअन्तर्गत खुद्रा बिक्रेताले ३७ सयभन्दा बढी उपहार जित्नेछन् । साथै योजनामा सहभागीमध्ये उत्कृष्ट १० हजार खुद्रा बिक्रेतालाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।